यातायात व्यवस्था कार्यालय भरतपुर शाखा बाट आज देखि सेवा सुचारु।

Spread the love

-देवराज थपलिया


चितवन भरतपुर यातायात व्यवस्था कार्यालय भरतपुर शाखा बाट आज मिति २०७९/०८/०८ गते बिहिबार देखि सेवा सुचारु भइ यहि कार्यक्रमको बीच शुभारम्भ भयो। बागमती प्रदेशका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री घनश्याम दाहाल (अभिनाश) ले विशेस समारोहको बिचमा उक्तकार्यालय समुद्घाटन गर्नु भएको हो। यस भरतपुर शाखा बाट सवारी चालक अनुमती पत्र लाइसेन्स नवीकरण , ब्लु बुक नवीकरण , जाच पास, रोड पर्मिट निकट भविष्यमा नै लाइसेन्सको फारम खुल्ने चितवन बाट नै लाइसेन्सको ट्रायल समेतको प्रक्रिया अघि बढिसकेको यातायात व्यवस्था कार्यालय भरतपुर शाखा प्रमुख काली बहादुर भुजेलले बताउनु भयो। यस कार्यालयमा कार्यालय प्रमुख उपसचिव १ जना , सातौ तहको अधिकृत ३ जना , छैठौ तहको अधिकृत ६ जना र मेकानिकल इन्जिनियर सहित २८ जनाको दरबन्दी रहेको कार्यालय प्रमुख काली बहादुर भुजेलले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *