“बत्ति मुनिकाे अध्याराे जनकपुर बसपार्क”
मुख्यमन्त्री कार्यालय बाट ४ कि मि मात्र रहेकाे बेलाकुटि बसपार्क जो कोहिले झट्ट हेर्दा रोपाइँकै लागी तयारी अवस्थामा राखिएको खेत जस्तै देखिन्छ। नेता तथा मन्त्रीहरु त्यस क्षेत्रमा दिनहु आवतजावत पनि हुने गर्दछ।तर त्यस क्षेत्रले विकाशको लागि हात फिजाइरहेको सर्वसाधारण वाहेक कुनै पनि नेताहरुले अनुभूत गरेजस्तो देखिदैन । बाटो , पुल जस्ता देशका सम्वेदनशिल क्षेत्रहरुमा यसरी वेवास्ता गरिनु राश्ट्रकै लागि दुखको कुरो हो ।जनकपुरले प्रशस्त मात्रामा दक्ष नेताहरु जन्मायता पनि सर्वसाधारण जनताहरु भने यस्तो कार्यप्रती अति नै चिन्तित रहेको देखिन्छन् । विकाश निर्माण गर्न नसके जनताले नेताप्रती हेर्ने दृष्टिकोण नकारात्मक हुन गएमा यसको घाटा फेरि नेताले नै बेहोर्नुपर्ने कुरामा दुइमत नहोला। तसर्थ हरेक क्षेत्रमा इमान्दारी साथ आफ्नो जिम्मेवारी पूरा गरे मात्र देश र जनताको प्यारो बन्न सकिन्छ।अनि मात्र असल नेताको पहिचान दिन सकिन्छ।