निर्वाचन आयोगले सम्पन्न गर्यो सम्पूर्ण तयारी
न
संघीय प्रतिनिधि सभा तथा प्रदेश सभाको देशैभर हुन गइरहेको मंसिर ४ गतेको निर्वाचनमा चितवनको लागि सम्पूर्ण तयारी सम्पन्न भइ सकेको कुरा चितवन जिल्ला निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले चिरफार अनलाइन खबरपत्रीकाका सम्बादाता पूर्ण चन्द्र चापागाईंसङ्गको वार्तालापमा बताउनुभयो । उहाँका अनुसार १३८ मतदान केन्द्रमा ११०४ कर्मचारी खटाइसकिएको समेत बताउनुभयो । सबै मतदान केन्द्रमा खटिनुभएका मतदान केन्द्र अधिकृत तथा उमेदवार, उमेदवार प्रतिनिधि र पार्टी प्रतिनिधि समेतको संयुक्त छलफल भै भोलिको निर्वाचनको लागि आवश्यक तयारी समेत गरी सकेको समेत बताउनुभयो । आजै उमेदवार, उमेदवारका प्रतिनिधि तथा अशक्त मतदाताहरूका लागि आवश्यक पास समेतको ब्यबस्था गरिएको बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख एस पि श्री नवराज अधिकारीका अनुसार यस निर्वाचनको लागि करिब ३५०० सुरक्षाकर्मीलाई निश्पक्ष, बिना भय/डर स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी हुने मतदाताको सुरक्षा तथा सहयोगका खातिर सुरक्षाकर्मीद्वारा गरिएको सुरक्षामा कमी नहोस् भनी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगका सुपरिवेक्षण योजना अनुसार सुपरिवेक्षण समेत लगातार गरिएको समेत उहाले जानकारी दिनुभयो ।
चितवन जिल्लामा निर्वाचन सम्पन्न भएपश्चात चितवन उद्योग संघको प्रदर्शनी हलमा सबै मतपेटिका जम्मा भइसकेपछि सर्बदलीय बैठकद्वारा मतगणनाका सबै नियमहरूको उमेदवार, प्रतिनिधि तथा सम्बन्धित सम्पूर्ण जनसमुदायमा जानकारी सहित मत गणना शुरु गरिने पनि निर्वाचन सहायक अधिकृत इश्वर आचार्यले बताउनुभयो ।