गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि सार्बजनिक बिदा
गृह मन्त्रालयका सहसचिव तथा प्रबक्ता फणीन्द्र पोख्रेलद्वारा हस्ताक्षरित सूचनाका अनुसार आगामी मंसिर ४ गते आइतबारका दिन हुन गैरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष, समानुपातिक तर्फको निर्वाचनका लागि नेपालभर लागू हुनेगरी निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण सस्था/बिद्यालयहरूमा २०७९ मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्बजनिक निकायहरूमा मिति २०७९ मंसिर ४ र ५ गते बिदा दिने नेपाल सरकारबाट निर्णय भएको ब्यहोरा सहितको सूचना प्रकाशित गरिएको छ ।
निर्वाचनलाई ब्यबस्थित तरिकाले सम्पन्न गर्नको लागि खटिएका कर्मचारीहरूको सहज ब्यबस्थापनका लागि सरकारको तर्फबाट यो सार्बजनिक सूचनाको प्रबाह गरिएको पाइन्छ । सबै नागरिक सम्यमित भइ आ आफ्नो तर्फबाट निर्वाचनमा लागेमा असल नेतृत्व देशले पाउनेछ फलस्वरूप आगामी दिनमा जनताका चाहाना अनुरुप बिकास र समृद्धिले सही बाटो लिन सक्नेछ ।