अर्थ-निर्माणदेश-प्रदेशराजनीति

बिकास र समृद्धिको लागि गठबन्धन आवश्यक

Spread the love
आज मिति २०७९ साल कार्तिक २६ गते चितवनको भरतपुरमा भएको बिशाल चुनावी आमसभामा बोल्दै प्रमुख अतिथि, गठबन्धनका संयोजक, नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति, नेपाल सरकारक बर्तमान प्रधानमन्त्री सम्माननीय शेर बहादुर देउवाले पटकपटक गरी जनताले लडेर ल्याएको लोकतान्त्रिक ब्यबस्थाको स्थायीत्वका लागी,बिकास तथा  समृद्ध नेपाल निर्माणका लागी स्थायी सरकार चाहिएको, स्थायी सरकारले मात्र भावी दिनको दीर्घकालीन बिकास योजनाको खाका तयार पार्न सक्ने र त्यसलाई कार्यान्वयनमा लैजान पनि स्थायी सरकार चाहिने हुदा आगामी मंसिर ४ गते हुन गइरहेको चुनावबाट गठबन्धनका सम्पूर्ण उमेदवारहरूलाई प्रत्यक्षतर्फ तोकिएको गठबन्धनको चुनाव चिन्हमा र समानुपातिकतर्फ आ आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरी बिगत स्थानीय चुनावमा जस्तै चितवनबाटै बिजयको शुरुआत गर्नुपर्ने बताउनुभयो । यदी यसरी गठबन्धनका दल सहित चितवनका जनता र नेपाली काङ्ग्रेसको एकमत भएर चुनावी नतिजा गठबन्धनको पक्षमा ल्याउन सके १० बर्ष अघिदेखिको बिकाश कोइराला समेतलाई गरिएको पार्टीको कार्वाहीलाई फुकुवा गर्न सकिने समेत उक्त आमसभामा उद्घोष गर्नुभयो । बिकाश कोइरालाको समर्थनमा नारावाजी सहित पार्टी सभापतिलाई ज्ञापन पत्र पेश गरेकाघिए । 
  अहिलेको संविधानमा सम्सद विघटनको अधिकार कसैलाई पनि दिइएको छैन तर पनि पूर्ब प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के पि ओलिले गर्नुभएकोले कदम विरुद्ध संघर्ष सहित सर्बोच्च अदालत समेतमा गई त्यसको उपचार खोज्नु पर्‍यो जसको फलस्वरूप अहिलेको गठबन्धनको जन्म हुनपुग्यो । हिजोका परिवर्तनका वाहक शक्ति नै अहिलेका गठबन्धनका घटक (पार्टी) हरू हुन । यिनै सहयात्रीहरूबाट नै देशका हरेक समस्याको समाधान स्थायी शान्ति, सम्पन्न देश, जलश्रोतको उचित ब्यबस्थापन, राश्ट्रीय एकताको बिकास, रोजगारीको सृजना आदि गर्न सकिनेछ भन्नुभयो । 

त्यसै गरी आजको कार्यक्रमका बिशिस्ट अतिथि, नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष, पूर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले आजको चुनावी बिशाल आमसभामा बोल्दै भन्नुभयो – मेरो घर चितवनमै भएको कारण म जहाँबाट चुनावमा लडेपनि मलाई चितवनका जनता तथा क्षेत्र नम्बर ३ ले गत चुनावमा चितवनकै साम्सदको रुपमा जिताएर पठाउनु भएको हुदा मैले नै शुरुआत गरेका बिकास निर्माण र पूर्बाधार बिकासका र बिकास योजनालाई पूर्ण गतिदिनतर्फ कहिल्यै पछि पर्ने छैन र चितवनबासी जनताको साथमा रहनेछु भन्नुभयो ।
संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न, बिकास र समृद्धिको अभियानलाई सही दिशा दिन प्रतिगमनकारी शक्तिहरूलाई टाउको उठाउन नसक्ने गरी तह लगाउन गठबन्धनकारी शक्तिले मंसिर ४ को चुनावबाट जित्न आवश्यक छ यस निर्वाचनलाई सामान्य अवस्थाको निर्वाचनको रुपमा नलिई एक जनमत सङ्ग्रहको रुपमा लिन समेत आग्रह गर्नुभएको थियो ।
उक्त आमसभा जिल्ला गठबन्धनका संयोजक तथा नेपाली काङ्ग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको थियो भने उक्त आमसभामा तारा पौडेलले क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेद्बारी निश्कृय गर्दै गठबन्धनका उमेदवार भोजराज अधिकारीको समर्थन गर्नुभएको थियो त्यस्तै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा. डिला सङ्र्ग्रौला, चितवन क्षेत्र नम्बर ३ का संघ प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उमेदवार भोजराज अधिकारी, क्षेत्र २ का उमेश श्रेष्ठ, क्षेत्र नम्बर १ का डा. बिश्व नाथ पौडेल, नेकपा एकीकृत समाजवादी उपाध्यक्ष केशलाल श्रेष्ठ, राश्ट्रीय जनमोर्चाका उपाध्यक्ष (का वा अध्यक्ष ) रश्मि राज नेपालीले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *