शृङ्खलाबद्ध सिकार गर्दै आएको हिंस्रक बाघ नियन्त्रणमा

Spread the love

पशुभक्षी सो पोथी बाघलाई बिहीबार बिहान करीब १०:३० बजे माडी-१, चन्द्रपुरी गाउँ नजिकै काँसघारीबाट नियन्त्रणमा लिइ खोरमा हालिएको हो ।
बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका सुटर तीर्थ लामा र भेटेरिनरी डक्टर किरणराज रिजाल सहित चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक एवं निकुञ्ज रक्षक सेना, गर्दी चुरे मध्यवर्ती सामुदायिक वन र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरुको सामुहिक प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।
बाघ नियन्त्रणमा लिन सो टोलीले क्यामेरा ट्रयापिङ सहित पछिल्लो एक सातादेखि रातभर प्रयास गर्दै आएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जनाउनुभयो ।
माडीमा कहिले बाघले त कहिले गैडाले, कहिले हात्तीले त कहिले कुन जनावरले मानव जीवनदेखि पशुपन्छीसम्मको सिकार गर्दै त्यहाका जनताको दैनिकीमा समस्या हुँदै आएको पाइन्छ । चारैतर्फ जङ्गलको बीचमा रहेको माडीबासी जनताहरू ठोरी बिरगंज जादा आउदा होस् वा नारायणगढ जादा आउदा होस् आइ पर्ने जङ्गल र जंगली जनावरबाट हुने विभिन्न किसिमका खतराहरू बारम्बार सामना गर्नु परेको छ आउदो संघ तथा प्रदेश सभाको निर्वाचनमा यिनै बिषयमा मुद्दा पनि उठेको पाइन्छ यस अघिका निर्वाचनबाट भएको वाचामा यो वाचा पूरा हुन बाकी नै रहेकोले आउदा दिनमा यो वाचा बाकी नरहोस यही कामना गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *