गठबन्धनबाट हाम्रो उम्मेद्बारी बिकास र समृद्धिका लागि हो
गठबन्धनका साझा उमेदवार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री,संघीय प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी माननीय नेपाली काङ्ग्रेसका नेता श्री उमेश श्रेष्ठ, प्रदेश सभा सदस्य पदका प्रत्यासी नेपाली काङ्ग्रेस चितवनका नेता श्री उत्तम जोशी लगायत गठबन्धन दलका सबै समानुपातिक तर्फबाट प्रत्यासी रहनुभएका सदस्यहरू, नेपाली काङ्ग्रेस, ने. क. पा. माओवादी, ने. क. पा. एकीकृत समाजवादी र सबै गठबन्धन दललका नेता, कार्यकर्ता, शुभेच्छुक एवं स्थानीय जनसाधारणहरू समेतको सहभागितामा आज मिति २०७९ साल कार्तिक २३ गते भरतपुर महानगरपालिका वडा नम्बर ११ को बिशालचोकबाट शुरु भएको घरदैलो जनोदय समन्वय टोलको युटेक कलेज अगाडि प्राङ्गणमा कोणसभामा परिणत भयो उक्त कोणसभामा बोल्दै संघीय प्रतिनिधिसभा सदस्यका प्रत्यासी उमेदवार श्री उमेश श्रेष्ठले गठबन्धनको तर्फबाट मेरो तथा उत्तम जोशी जी को उम्मेद्बारी चितवन क्षेत्र नम्बर २ को बिकास र समृद्धिको लागि नै हो । समय सापेक्ष बिकासको गतिलाई फट्को मारी द्रुतगतिमा यस वडाका ढल निकास, सामूदायिक वन, बस्ती ब्यबस्थापन, प्राबिधिक शिक्षा, स्वरोजगार, महिला उद्दमशिल तालीम तथा स्व आर्जन, स्वाबलम्बन कार्यक्रम त्यसै गरी क्षेत्र नम्बर २ मा शक्तिखोरमा प्लानिङ्ग अनुसारको औद्योगिक क्षेत्र ब्यबस्थापनदेखि राश्ट्र्य रुपमा एक स्थिर सरकार अल्पकालीन, पाँच बर्शिय, दीर्घकालीन समयका योजना तर्जुमा गर्न, बिकास योजनाका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न, रास्ट्रिय तथा अन्तरास्ट्रिय सम्बन्ध बिकास, सुदृढीकरण, नीति नियम निर्माण गर्न त्यसबमोजिमको काम गरि गरिबी निवारण, सुकुम्बासी समस्याको समाधानमा पूर्जा हस्तान्तरण गर्नदेखि सबै किसिमका बेथिति बिसङ्गतिको अन्त्य गरि नयाँ तरिकाले काम गर्न नै हामीहरूको उम्मेद्बारी पेरेको हो यदी तपाईहरूको साथ पाएर बिजय भएमा अवश्यम्भावी समस्याको समाधानमा हाम्रो साथ रहने छ ।
जितेर गएपछि आफ्नो क्षेत्रमा फिर्ता नआउने फेरि अर्को चुनावमा मात्र देखा पर्ने समस्याको समाधान गर्न केन्द्रमा कामको लागि र आफ्नो क्षेत्रमा समस्या सुन्नको लागि कार्यालय खोलिने छ समेत भन्नुभएको थियो । यस भन्दा अगाडिदेखि नै सरकारले दिएको कुनै सुबिधा नलिने र आफ्नो ब्यक्तिगत आय आर्जनबाट आएको केही हिस्सा सम्पत्ति पनि सामाजिक सेवा र आफ्नो क्षेत्रका जन समुदायको साथ र सहयोगमा लगाउने समेत प्रतिबद्धता ब्यक्त गरिसक्नुभएको छ ।
त्यसै गरी अर्का चितवन क्षेत्र नम्बर २(ख) का प्रत्यासी उमेदवार उत्तम जोशीले आफू पनि युवा भएको नाताले युवाका समस्या आफ्ना र मेरो समस्या सबै युवाको हो भन्ने बुझेको, यसै क्षेत्रमा जन्मेर हुर्के बढेको यसै क्षेत्रमा सामाजिक कार्य गर्दै सबैका साथमा रहे बसेकोले सबै समस्या समाधानमा साथै रहने, स्थायी सरकार पाएर पनि बारम्बार सदन भङ्ग गर्ने अबस्था हुन नदिने बरु त्यसको शक्ति समाज बिकास र आफ्नो क्षेत्रका सर्बसाधारण सबैसङ्ग साथमा रहने जस्ता प्रतिबद्धताहरू ब्यक्त गर्दै फेरि घरदैलो गर्दै मुक्तिनगर हुँदै पोखरी टोलमा कोणसभा, जन जागृती टोलमा कोणसभा, नयाँ किरण टोल हुँदै पारिजात टोल, दिपज्योती टोलको घर दैलोको कार्यक्रम चलिरहेको छभने १०: बजे पछाडि प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार श्री उत्तम जोशी र भरतपुर महानगरपालिका वडा न ५ का गठबन्धनका नेता कार्यकर्ता सहित शान्ति चोकबाट घरदैलो शुरुगरी भेटघाट र घरदैलो अभियानलाई अघिबढाइएको कुरा गठबन्धन दल नेपाली काङ्ग्रेस, ने. क. पा. माओवादी तथा ने. क. पा. एकीकृत समाजवादीका वडास्तरीय समिति मार्फत जानकारी लिइएको हो ।