राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनलाई आर्थिक राजधानी बनाउने समेतको चुनावी वाचापत्र सार्बजनिक

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन-२ का प्रतिनिधिसभामा उम्मेदवार रवि लामिछानेले चुनावी वाचापत्र सार्वजनिक गर्दै चितवनलाई आर्थिक राजधानी बनाइने बताउनुभएको छ ।

वाचापत्रमा आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विधेयक पेश गर्ने, भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने, जोनिङ पद्धतिमार्फत् चितवनमा सहरी योजनाको सुरुवात गरिने र चितवनभित्र सडक सञ्जाल विस्तार गरिने उल्लेख रहेको छ ।

चितवन-२ मा जे परे पनि हेलो रवि कार्यक्रम सञ्चालन गरिने, प्रत्येक ४-४ महिनामा सार्वजनिक सुनुवाई गर्ने र आफ्नो हरहिसाब बुझाउने पनि वाचापत्रमा उल्लेखित छ । निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने पनि उल्लेख रहेको छ ।
नेपालका राजनैतिक पार्टीहरूले धमाधम घोषणा पत्र, सङकल्प पत्र, वाचा पत्र सार्बजनिक गरिरहेका छन् । चुनाव अगाडि बनाइने यस्ता वाचाहरू चुनाव पछाडि पनि जनताको नजरमा र साथमा रही रहने ब्यबहारिक वाचा र कर्मको खाचो देखिएको छ । कागमा लेखिएका कुनै पनि वाचाबन्धन र कानुनले मात्र देश बन्दैन बिकास र समृद्धि आउदैन यसको लागि काम गर्ने जोश र जागर चाहिन्छ त्यसको लागि पर्खनु नै पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *