भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण
भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण भएसङ्गै उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालद्वारा भरतपुर अस्पताल केन्द्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा बिकास गरिने बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताउनुभयो । उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो । प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताउनुभयो । सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उहाँले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पु¥याउनुपर्ने बताउनुभयो । पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५० लाख निकासा गरिने पोखरेलको भनाइ छ । बेलाबखतमा बिरामीहरूको लागि आवस्यक पर्ने सेवा दिन नसकेको गुनासो जनमानसमा सुन्नमा आएपनी अस्पतालले समय सापेक्ष उपचार पद्धति उपनाउदै सुधारका कार्यक्रम सहित सरकारी अस्पतालबाट पनि राम्रो सेवा दिएर जनताको स्वास्थ्य सम्बन्धि अधिकारलाई सक्दो पहलहरू गर्दै आएको पाइन्छ । भरतपुर अस्पतालमा अझै पनि स्थानीयदेखि पायक पर्ने ठान्दै र जिल्लाहरूको उपचारका लागि पहिलो रोजाइमा पर्दै आएको समेत सुन्न पाइन्छ ।