आयोगले मतदाता शिक्षा अन्तर्गत माडी बसन्तपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न

Spread the love


आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आज माडी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रत्येक ५/५ बर्षमा एक पटक हुने स्थानिय तह निर्वाचन एवं प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदाता शिक्षा अभावका कारण हरेक पटक ठुलो संख्यामा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम संचालन गरिएको माडी नगरपालिकाका निर्वाचन शिक्षा अनुगमन अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा माडीका नगर प्रमुख ताराकुमारी काजी महतो,नगर उपप्रमुख खेम प्रसाद महतो,प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अतिरिक्त माडी नगरपालिकाका जनप्रतिनिधिहरु,कर्मचारीहरुका साथै स्थानिय बासिन्दाहरुले नमुना मतदान कार्यक्रममा सहभागी भई मतदान गर्नु भएको थियो ।
कार्यक्रमले बजार देखि लिएर गाउँका बस्ती बस्तीहरुसम्म मतदाता शिक्षामा बृद्दि हुने र त्यसको सकारात्मक प्रभाव आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पर्ने अधिकृत भण्डारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *