आज हरिबोधनी एकादशी हिन्दूधर्माबलम्बीहरूले वर,पिपल पूजा तथा तुलसीको बिवाह गरि मनाउदै
धार्मिक परम्परा अनुसार आजको दिन बिहनै नित्यकर्म सकी घर पयक पर्ने ठाउँको नदि, खोला, तलाउ वा पोखरीमा स्नान गरि सूर्य भगवानलाई अर्घ तथा जल चढाई दिनको शुरूवात गरिन्छ त्यस पश्चात् दिनभर निराहार बसी बिष्णु भवानको पूजा अर्चना गर्दै देशभरका विभिन्न ठाउँमा मेला लाग्ने हुँदा मेला लाग्ने ठाउँमा आ आफ्नो गच्छे अनुसार नदि. खोला, तलाउको वल्लोछेउदेखी पल्लो छेउसम्म र नजिकको मन्दिरसम्म पुग्ने गरि तोरण टाग्ने प्रचलन पनि रहेको छ । तोरण टागिसकेपछि तुलसी, वर, पिपल, स्वामीको पूज गर्ने गरिन्छ । आजैका दिन वर र पिपलको बिबाह समेत गरिदिने परम्परा चलिआएको पाइन्छ ।
कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका नामले पनि चिन्ने गरिन्छ यश दिन तुलसीको बिबाह समेत गर्ने गरिन्छ दिनभर निराहार बसी बेलुका तुलसीको नजिक बास, साल, उखु लगायतका लिङ्गाहरू गाडी नाना बस्त्र अलङ्कारले सजाएर शृङ्गार गरी फूल, अक्षता, धूप, दिप, नैबेध्य, सौभाग्य समेतले पूजा गरी तुलसीको बिबाह समेत गरी भजन कृतन गर्दै नाचगान समेत गरि भगवान बिष्णुको आराधना गर्दै बस्ने गरिन्छ । सनातन हिन्दू धर्माका अनुसार भगवान बिष्णु आषाढ शुक्ल एकादशीदेखी सुतेर चार महिना ( चार मास) पछि आफ्नो निद्राबाट यही पबित्र दिनमा उठ्नुभएको हुँदा कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी पबित्र दिनको रुपमा लिइ आएको पाइन्छ । अहि कतै आजकै दिन नयाँ धान कुटेर न्यागी खाने पनि प्रचलन पाइन्छ । आजको दिनमा व्रत बसी भजन किर्तन गर्दै जाग्राम बस्न सके सुख, शान्ति, समृद्धि र सबै प्रकारका मनोकामना पूरा हुने बिश्वास समेत राख्नेगरेको पाइन्छ ।
आजकै दिन चितवनको माडीमा छरछरे, हरिहर मन्दिर र शिव मन्दिरमा, बैकुण्ठ ताल, अयोध्याधाम, पश्चिम चितवनको गोलाघाट, नारायणी नदि, देबघाटधाम लगायत क्षेत्रमा मेला लाग्ने गरेको पाइन्छ । मेलामा जादा भक्तजनहरूको समूहले नाचगान गर्दै भगवानको नाम जप्दै रमाइलो गर्दै जाने प्रचलन रहेको पाइन्छ ।