भरतपुर – ११ को लोकतान्त्रिक तथा बाम गठबन्धनले सप्पन्न गर्यो अगुवा कार्यकर्ता भेला
भरतपुर -११ को लोकतान्त्रिक तथा बाम गठबन्धनद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्नुहुदै प्रतिनिधि सभाको लागि चितवन क्षेत्र नम्बर २ का उमेदवार नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ र बाग्मती प्रदेश चितवन क्षेत्र नम्बर २(ख) का उमेदवार उत्तम जोशीले समृद्ध चितवन हाम्रो अभियानमा बोल्नु हुँदै बहुदलीय लोकतान्त्रिक ब्यबस्थामा दलको विकल्प ब्यक्ति हुन सक्दैन, ब्यक्ति/ब्यक्ति मिलेर घर बन्ने, धेरैले घरहरूको समूहबाट समाज बन्ने र समाजको उचित ब्यबस्थापन मिलाउन राज्यको आवश्यकता पर्ने राज्यको सम्यन्त्रलाई बिशेष तरिकाले सहयोग, समर्थन वा बिकास समृद्धिको पाटोमा र राज्यका हरेक अङ्गहरूलाई सही बटोमा डोर्याउन राजनैतिक शक्तिको आवश्यकता पर्ने भएकोले लोकतान्त्रिक ब्यबस्थालाई चलाएमान बनाउन दलको अवधारणा आएको हो, दल नै त्यस्तो शक्ति हो जसको मद्दतले राज्यभित्र आइ पर्ने हरेक प्रकारका चुनौतीको सामना गर्न आबधिक निर्वाचन मार्फत दलको घोषणा पत्रलाई आधार बनाएर राज्य सन्चालनको लागि सरकारको निर्माण गरिएको हुन्छ, चुनिएका प्रतिनिधिहरू मिलेर देशलाई आवश्यक पर्ने कानून निर्माण गरिन्छ त्यही कानूनको पालना गराउन सरकारको कार्यकारी अधिकार मार्फत राज्यलाई कानूनी राज्यमा चलाउन सरकार चाहिन्छ भने राज्यले बनाएको नियम कानून मान्नु पर्ने दायित्व ब्यक्ति, सस्था र राज्यको समेत रहन्छ यदी कही कतै त्यसको परिपालना नभए कानून बमोजिमको न्याय पाउन न्यायपालिका मार्फत अदालतहरूको ब्यबस्था मिलाएको हुन्छ त्यस्ता अदालत र सो सङ्ग सम्बन्धित सबै निकाय र ब्यक्तिहरूले सधैं मर्कामा परेका ब्यक्ति वा सस्थाहरूको पक्षमा काम गर्नु पर्ने हुन्छ यी माथि भनिएका दायित्वहरू नेतृत्व बर्गले आफू र आफू निकाय सबैसँगको समन्वयमा मिहिन पाराले समाज र राज्यको पक्षमा कुनै ब्यक्तिगत नाफा र मोलाहिजा बिना गर्नुपर्नेमा त्यस्तो हुन सकेको पाइदैन तिनै कुराहरूलाई भ्रष्टाचार, अस्तब्यस्तता र अबिकाशलाई चिर्न हरेक अबस्थामा जनताको पक्षमा खबरदारी गर्न नै हामी यो चुनावी मैदान होमिएका छौँ भन्नुभएको छ ।
न्यायप्रेमी जनता जनार्दनले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा उहाँहरूलाई अत्याधिक मत सहित जिताउनको लागि अपिल समेत गर्नुभएको थियोे । चितवन -२ का जनताको साथ र समर्थन पाएमा कुनै कसर नराखी बिकास र समृद्धिको मार्गमा चितवनलाई अग्रगतिमा हिडाउने अभिलाषा र आत्मबिश्वास सहित यो निर्वाचनमा होमिएको पनि उहाहरूले बताउनुभयो । यो भन्दा अगाडि तपाईहरूले दिएको मतको कति सदुपयोग भयो त्यसको नि मूल्यांकन गर्नुहोस् र आउँदा दिनमा हामीले पाएको मतको अपेक्षाको पनि हामीले दुरुपयोग हुन दिने छैनौं । यस वडा र क्षेत्रमा नम्बर २ को बिकास र समृद्धिको लागि हजुरहरूको मतको कुनै अवमूल्यन हुने छैन भन्दै भेलामा उपस्थित सबैसँग र जो भेलामा उपस्थित हुनुहुदैन उहाहरूसङ्ग पनि मतदान आफ्नो पक्षमा गरिदिनुहुन अपिल गर्नुभएको थियो ।
उक्त भेलामा मुख्य अतिथिको रुपम नेपाली काङ्ग्रेस जिल्ला सभापति श्री राजेश्वर देवकोटा रहनुभएको थियो भने स्वागत मन्तव्य ने. क. पा. एकीकृत भरतपुर – ११ का वडा सचिब श्री ज्ञान प्रसाद कुमालले गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा बक्ता तथा अतिथिको रुपमा नेपाली काङ्ग्रेस २(ख) पार्टी सभापति श्री रोशन शाही ठकुरी, ने. क. पा. माओवादीका जिल्ला सचिब दोणबाबु शिबाकोटी, निर्वाचन परिचालन इन्चार्ज रणेन्द्र बराली, गठबन्धन महिला सम्योजक कुश्मा कुमारी पन्त, ने. क. पा. एकीकृत जिल्ला सचिब राम ब. भुजेल, ज्ञानेन्द्र गिरी, चुडामणि लामिछाने, सुरेशचन्देअ अधिकारी, निर्मल राज पौडेल, गीता श्रेष्ठ, कृष्ण बगाले, बिरेन्द्र खरेल, महेन्द्र राज कौडेल, लक्ष्मी प्रभा पन्त, निर्मल राना लगायतका गठबन्धनका तमाम नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उक्त भेलाको सभापतित्व नेपाली काङ्ग्रेस भरतपुर – ११ का उप सभापति(कार्यबाहक सभापति) तथा गठबन्धनका चुनाव प्रचारप्रसार वडा समिति सम्योजक श्री बिष्णु प्रसाद न्यौपानेले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन ने. क. पा. माओवादी पार्टी भरतपुर वडा नम्बर ११ का अध्यक्ष (गठबन्धन सह सम्योजक) श्री प्रकाश देवकोटाले गर्नुभएको थियो । उक्त भेला भरतपुर – ११ को जागृतिचोक नजिक अवस्थित धावन पार्टी प्यालेसमा मिति २०७९ कार्तिक १६ गते दिउँसो भएको थियो ।