माडीको छरछरे शिबालय मन्दिर र हरिहर मन्दिरमा एकादशीको अवसरमा पूजा अर्चनासहित रेडहिल पार्कमा मनोरञ्जन एकैसाथ

Spread the love

यस बर्शको हरिबोधनी एकादशी पर्बमा माडी – ५ को छरछरे मन्दिर र माडी – ४ को हरिहर मन्दिरमा श्रद्धालु भक्तजनले पूजा अर्चना गर्दै नजिकै रहेको रेडहिल पार्कको प्राकृतिक सौन्दर्य सहितको मनोरम वातावरणमा आफ्ना नजिकी आफन्तजनहरू र आफ्ना पृयजनहरूसङ्ग माया प्रेम तथा प्रगाढ माया ममता साटासाट गर्ने मौका मिल्ने भएको छ ।
यस धार्मिक महत्त्वले भरिपूर्ण उत्तरबाहिनी महेश्वरी गङ्गामा स्नान गरी सोमेश्वरीमाताको समेत आराधना गर्न सकिनेछ । यसै दौरान समयानुकूल परिस्थिति रहेमा देशकै १०० औं पर्यटकीय तथा धार्मिकस्थलभित्र पर्न सफल सोमेश्वरगढीको भ्रमण तथा दर्शन समेत गर्न सकिनेछ
आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै यसबर्ष छरछरे मेला पूजाअर्चनामा मात्र सीमित हुन लागेको हो । यसबर्ष कार्तिक १८ गते शुक्रबार हरिबोधनी एकादशी परेको छ ।
मेलाको तयारी र व्यवस्थापनका लागि छरछरे शिव मन्दिर धार्मिक सेवा समितिको पहलमा छरछरे पूजा व्यवस्थापन समिति गठन भएको छ । जसअन्तर्गत बजार व्यवस्थापनमा टीका न्यौपाने, पूजा व्यवस्थापनमा मेघप्रसाद न्यौपाने, प्रचार प्रसार व्यवस्थापनमा टीकाराम भट्टराई र आर्थिक व्यवस्थापन संयोजकमा गंगाप्रसाद न्यौपाने लगायत रहनुभएको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यो पर्व भगवान विष्णुको पूजा, आराधना, भजन कीर्तन र ब्रत बसी मनाउने गरिन्छ । एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने र छरछरे धाममा तोरण टाँग्ने प्रचलन रहेको छ ।

रेडहिलपार्क निर्माण समिति अध्यक्ष गोकुलानन्द लामिछाने तथा माडी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष माधब चापागाई र स्थानीय समेतको पहलमा मेलामा आउने भक्तजन तथा पर्यटकको लागि समेत ध्यानमा राखी पार्कमा बालबालिकादेखि प्रौढसम्म रमाउन सक्ने खालको वातावरण तयार गरिएको छ । हरिहर मन्दिरका निर्माणकर्ता श्री केशब चापागाईं मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कुस्माखर चापागाईं र वडा नम्बर ४ का स्थानीयहरू मिलेर हरिहर मन्दिरलाई सजाउने र मेलाको लागि तयरी गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *