हरिबोधनी एकादशीको उपलक्ष्यमा गोलाघाटमा मेला लाग्ने

Spread the love

यही कार्तिक १८ गते परेको हरिबोधनी एकादशीको उपलक्ष्यमा चितवनको गोलाघाटमा एकादशी मेला लाग्ने भएको छ। भरतपुर महानगरपालिका–२८ अन्तर्गत पर्ने गोलाघट र यसको वरपरका स्थानीयहरूको बिशेष पहलमा उक्त मेला गर्न लागिएको हो। चितवनमा सौराहा पछि पश्चिम चितवनको टाइगरटप, गोलाघाट, जगतपुर, पटिहानीलाई मुख्य पर्यटकको क्षेत्रको रुपमा लिने गरिन्छ त्यस मध्ये पनि गोलाघाटको बिशेष महत्त्व रहेको छ । यस्तो प्राकृतिक सौन्दर्यले भरिएको वन, जनावर तथा सूर्योदय र सुर्यास्त समेतको अनुपम आनन्द उठाउन सकिने स्थानको रुपमा गोलाघाट लगायतका मेघौलीका तमाम पर्यटकको मनमनमा बस्न सक्ने वातावरण बनाउनु भएका सर्बसाधारण लगायत यहाका होटेल, होमस्टे, ऐतिहासिक मेघौली एयरपोर्ट (हाल बन्द अबस्थामा रहेको) धार्मिक तथा परम्परागत लोक सस्कृतिको जगेर्ना गर्दै समाजमा पारस्परिक सम्बन्धको बिकास गर्ने जस्ता उद्देश्यले कात्तिक १७ र १८ गते मेला गर्न लागिएकोले यसको प्रचारप्रसार गर्ने गोलाघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भीमसेन कुमालले जानकारी दिए।
मेला नारायणी नदी र राप्ती खोलाको सङ्गमस्थल नजिक सञ्चालन हुने र यहाँ भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई गोलाघाट धार्मिकस्थलका रुपमा समेत चिनाउने मेलाको उद्देश्य रहेको उनको भनाइ थियो । स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति प्रस्तुतिबाट आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जन समेत गराउने गरी कार्यक्रम तय गरिएको सचिव बुद्धि कँडेलले जानकारी दिनुभएको हो ।मेलाको आकर्षणका रुपमा ब्राह्मण समुदायको भजन–कीर्तन, दलित समुदायको पञ्चेबाजा, कुमाल समुदायको पाउदुरे, थारू समुदायको लट्ठी नृत्य रहनेछ। एकादशी मेलाले गोलाघाटमा आन्तरिक पर्यटन आगमन बढाउने आयोजकको विश्वास छ।
दुई दिनसम्म चल्ने मेला हेर्न आउनेहरुले यहाँको थारू र कुमाल घरबास ‘होमस्टे’मा बास बस्न सक्ने र स्थानीय परिकार चिँचर, हाँस–कुखुरा, घुँगीलगायत परिकारको स्वाद लिन सक्नेछन्। प्रत्येक वर्ष एकादशीका दिन गरिने मेला कोरोनाका कारणले केही वर्ष रोकिएको थियो। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन्।


निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्ती नदी मिसिएर अगाडि बढ्छ भने नारायणी र रापतीको सङ्गम भन्दा केहि माथिपट्टी राप्ती र रिउ नदीको सङ्गम पनि रहेको छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न पनि स्थानीय तथा बाह्य पर्यटक आउने गर्छन्। फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवम् भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको दृश्य राम्रोसँग अवलोकन गर्न सकिन्छ। सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रविन्दु रहेको छ। मेलामा आउने पर्यटकले जिप सफारी तथा डुङ्गा सयर गरि वन्यजन्तु देख्न र गोलाघाटको सुन्दरताको आनन्द लिन सक्नेछन भन्ने कुराको जानकारी स्थानीय चित्तल लजका ब्यबसायी बिष्णु प्रसाद भुसालले चिरफार खबर पत्रीकाका सम्बादाता श्री पूर्ण चन्द्र चापागाईंलाई बताउनुभयो ।
त्यसैगरी वडा नम्बर २८ का वडाध्यक्ष श्री डण्डपाणी रिजाल र वडा सदस्य शेर बहादुर कुमालले चिरफार खबर पत्रीकाका सम्बादाता श्री पूर्ण चन्द्र चापागाईं दिनुभएको जानकारी अनुसार वडाले गोलाघाट क्षेत्र पबित्र धार्मिक क्षेत्र भएकोले प्रत्येक बर्ष केही रकम छुट्ट्याएर मेला गर्ने गरेकोमा यश बर्ष पनि मेलास्थलमा सरसफाइ गरी यहाको बारेमा स्थानीयदेखि देश बिदेशसम्म जानकारी गराई आफ्नो ठाउँमा पर्यटन ब्यबसाय ब्यबस्थापन गरि आय आर्जन लगायत जन जिबिका र जिबिको आर्जनमा केही सहयोग पुगोस् भन्ने हेतुले यो कार्यक्रम (मेला ) गर्न लागेको बताउनुभयो उक्त मेलाको कार्यक्रमको मुख्य अतिथि समेत वडाध्यक्ष रहने गरि ब्यस्था मिलाइएको बताउनुभयो ।


सो कार्यक्रम/मेला गर्नको लागि निकुञ्ज प्रशासन कार्यालय कसराबाट अनुमतिपत्र लिइसकेको र जिल्ला प्रशासन कार्यालय चितवनको अनुमतिपत्रको लागि मेलाका अध्यक्ष भिमसेन कुमाल र वडा प्रतिनिधि शेर बहादुर कुमाल जिल्ला प्रशासन कार्यालयमा नियमसङ्गत अगाडि बढेको कुरा पनि वडा प्रतिनिधि शेर बहादुर कुमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *