घटना बिवरण -
मिति २०७९/०७/११ गते राती १०;३० बजेको समयमा जिल्ला चितवन माडी नगरपालिका वडा नं. ४ शितलपुर घोसरी बस्ने बर्ष ३४ को जिवन नेपालीलाई निजकै घर कोठामा जिल्ला नवलपरासी ( ब.सु.पु. ) गैडाकोट नगरपालिका वडा नं. ७ घर भई २ महिना देखी निज जिवन नेपाली कै घरमा बस्दै आएका बर्ष ३४ को सुरेश बहादुर कुमालले घर परिवारका अन्य सदस्य कोही पनि घरमा नभएको मौका छोपी धारिलो जोखिमी हतियार खुकुरीले पछाडीबाट टाउकोमा पटक पटक प्रहार गरी घाँटीको रुद्रघण्टीको भागमा रेटी बिभत्स हत्या गरी सो स्थान देखी ५० मिटरको दुरीमा पर्ने बर्ष ४० की रुपा नेपालीको घरमा गई घरकोठामा सुती रहेकी रुपा नेपालीले कानमा लगाएको सुनको रिङ कानको लोती समेत च्यातिने गरी लुछी तानी लुटी निज रुपा नेपालीको घाँटी थिची मर्यो भन्ने लागे पश्चात सो स्थानबाट भागी फरार भएको घटना सम्बन्धमा घटनाको जानकारी पाउना साथ तत्काल यस कार्यालय तथा इलाका प्रहरी कार्यालय माडी चितवनबाट खटीएको प्रहरी टोलीले तदारुक्ताका साथ निजको खोजी कार्य गर्दा निजलाई मिति २०७९/०७/१२ गते बिहान ०५;१५ बजेको समयमा जिल्ला चितवन माडी नगरपालिका वडा नं. ३ बसन्तपुर स्थित भित्री सडक खण्डमा संकास्पद तवरले लुकी छिपी हिडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई पक्राउ गरेको, घटनास्थल तथा लाश जाँच प्रकृती मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी निजलाई यस कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धानका कार्य जारी रहेको ब्यहोरा सूचित गरिन्छ ।
साथै निज कसूरदार सुरेश बहादुर कुमालले बिगत १० बर्ष अगाडी आफ्नै हजुरआमा र काकीलाई कर्तव्य गरी मारेको कसूरमा नवलपरासी जिल्ला अदालतको आदेशले सर्वस्व सहित जन्म कैद ठहर भएकोमा ठहर भएको कैद यही २०७९ सालको संविधान दिवसको अवसरमा मिनाहा भई कारागार कार्यालय भिमफेदी मकवानपुरबाट छुटी आएको, मृतक जिवन नेपाली कारागारमा हुँदा निजसंग चिनजान भई कारागरबाट छुटी आए पछी जिवन नेपालीको घरमा नै बस्दै आएको भन्ने बुझिन आएको ब्यहोरा समेत सुचित गरिन्छ ।