नेपाली काग्रेस चितवन द्वारा श्रद्धाञ्जली सभा सम्पन्न
राजनीति र समाज एक आपसका पूरक भएको अनुपम उदाहरण नेपाली कांग्रेसकी नेतृ पूर्व सांसद स्व. मैयादेवी श्रेष्ठको १० औं पूण्यतीथिको अवसरमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यता एवम् प्रवक्ता डा. प्रकाश शरण महतज्यूको विशिष्ठ आतिथ्यतामा आज मिति २०७९ कार्तिक १४ गते श्रद्धाञ्जली सभा सम्पन्न भयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सभापति राजेश्वर खनालज्यूको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा अन्य सहकर्मी राजनीतिक पार्टीका केन्द्रिय तथा जिल्ला तहका नेताहरु देखी समाजका विभिन्न क्षेत्र- शिक्षा, स्वास्थ्य, मठमन्दिर लगाएतका प्रतिनिधिहरुको महत्वपूर्ण उपस्थिति थियो भने कार्यक्रम सञ्चालन नेपाली कांग्रेस चितवनका सचिव सूर्य अर्यालले गर्नुभएको थियो ।
यस कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मा. मन्त्री उमा रेग्मी, टेक प्रसाद गुरुङ, मा. मन्त्री उमेश श्रेष्ठ, शान्ती परियार साथै चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापतिहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायण प्रसाद दाहाल, पोलिट्व्यूरो सदस्यहरु सूर्य सुवेदी, रेनु दाहाल, ज्ञानु वस्नेत सुवेदी, केन्द्रीय सदस्य घनश्याम दाहाल, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष अरुणपिडित भण्डारीको उपस्थिति रहेको थियो ।
यसैगरी वागमती प्रदेश मन्त्री मा. बलराम पौडेल, नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापति तथा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने, संघीय तथा प्रदेशसभा निर्वाचन-०७९ का उम्मेदवार क्रमशः चितवन २(ख)-उत्तम जोशी, चितवन ३(क)- प्रा.डा. सूर्यकान्त घिमिरे, देवघाट गाउपालिका अध्यक्ष तिलबहादुर थापा लगाएत नेपाली कांग्रेस चितवनका पदाधिकारी एवम् सदस्यहरु, महासमिति/महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, प्रदेशसभा, पालिका वडा तथा भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्यहरु समेतको बृहत उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वर्गीय मैयादेवी श्रेष्ठको जीवनी पारिवारिक सदस्य प्रभात कुमार जोशीले प्रस्तुत गर्नुभएको थियो भने क्रमशः नेपाली कांग्रेस भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, नेकपा एकिकृत समाजवादीका अरुणपिडित भण्डारी, नेकपा एमालेका विजय सुवेदी, नेकपा माओवादीका घनश्याम दाहाल, नेपाली कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य मा. मन्त्री उमेश श्रेष्ठ, सहित विशिष्ठ अतिथी नेपाली कांग्रेसका केन्द्रिय प्रवक्ता डा. प्रकाश शरण महत र प्रमुख अतिथी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलज्यूले शोक मन्तव्य राख्नुभएको थियो ।
मन्तव्यका क्रममा प्रमुख अतिथी लगाएत सम्पूर्ण वक्ताहरुले आजको समाजमा मौलाउदै गएको व्यक्तिबादी र उपभोगबादी चरित्रका अगाडी आफ्नो जीवनकालको लामो यात्रामा अविश्रान्त नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गर्दै सम्पूर्ण नागरिकहरुको शासनमा पहुँच, नागरिकहरुको नैसर्गीक अधिकारको रक्षा, लोकतान्त्रिक मुल्यमान्यता, विधी र पद्धतीको स्थापना गर्दै न्यायपूर्ण समाजको स्थापनाका लागी शिक्षा, स्वास्थ्य, बाटाघाटा, मठमन्दिर लगाएत अनगिन्ती दिनदुखीहरुको साहारा बनेर जीवनभर सहयोग प्रदान गर्नुहुने उनै स्व. मैयादेवी श्रेष्ठ साच्चैकी समाजकी एक अतुलनीय, उदाहरणीय दानवीर हुनुभएको बिषय मुक्तकण्ठले प्रशंसा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।
नेपाली कांग्रेस चितवनले स्व. मैयादेवी श्रेष्ठको निधन साच्चै यो समाज, लोकतन्त्र र नेपाली कांग्रेसलाई अपूरणीय क्षती पुगेको महसुस गरेको छ । अन्त्यमा स्वर्गीय मैयादेवी श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
जय नेपाल !