निर्वाचन आयोगले निकाल्यो मंसिर ४ को निर्वाचनमा मतदान गर्ने तरिका
निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनमा मतदान गर्ने तरिका निकालेको छ ।मतदान गर्ने तरिका/प्रक्रिया यस विधिले रहेको छ :
मतदात नामावलीमा नाम रुजु गराउनु पर्ने
बायाँ हातको बुढी औंलाको नङ र मासुको बीचमा पर्ने गरि मसी लागाउनु पर्ने
प्रतिनिधिसभा संघतर्फको प्रत्यक्ष वा पहिलो हुने उम्मेदवारका लागि पहिलो मतपत्रमा यस प्रकार मत खसाल्नु पर्ने :
प्रतिनिधि सभाको पहिलो हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभुमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिनुपर्ने
स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने
मतपत्र सही तरिकाले पट्ट्याउनु पर्ने र सेतो पृष्ठभुमिमा रातो रङले “१” लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्ने
प्रतिनिधि सभा संघ तर्फको समानुपातिक निर्वाचनको लागि दोश्रो मतपत्रमा यस प्रकार मत खसाल्नु पर्ने :
प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभुमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोश्रो मतपत्र लिनुपर्ने
स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने
मतपत्र सही तरिकाले पट्ट्याउनु पर्ने र सेतो पृष्ठभुमिमा कालो रङले “२” लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्ने
प्रदेश सभाको प्रत्यक्षतर्फको पहिलो हुने उम्मेदवारको लागि तेस्रो मतपत्रमा यस प्रकार मत खसाउनु पर्ने :
प्रदेश सभाको पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभुमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिनुपर्ने
स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने
मतपत्र सही तरिकाले पट्ट्याउनु पर्ने र सेतो पृष्ठभुमिमा रातो रङले “३” लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नु पर्ने
प्रदेश सभा समानुपातिक प्रणालीको उम्मेदवारको निर्वाचनको लागि चौथो मतपत्रमा यस प्रकार मत खसाल्नु पर्ने :
प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभुमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोश्रो मतपत्र लिनुपर्ने
स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने
मतपत्र सही तरिकाले पट्ट्याउनु पर्ने र सेतो पृष्ठभुमिमा कालो रङले “४” लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्ने भनी निर्वाचन आयोगको सार्बजनिक सूचना मार्फत सबैमा जानकारी गराइएको छ । यसरी मत खसाल्ने तरिकाको बारेमा सार्बजनिक सूचना मार्फत सर्बसाधारणमा जानकारी गराउदा खसेको मत परिणाम मध्येबाट बदर सङ्ख्या घट्न गई सदर मतको प्रतिशतमा सुधार आउने कुरामा निर्वाचन आयोगको बिस्वास रहेको देखिन्छ ।
यस पटकका मतदाताहरूको भावना हेर्दा केही प्रतिशत मतदाताले यदि कुनै पनि उम्मेदवारलाई मत दिने इच्छा नभएमा र आफ्नो मतको पूरा सदुपयोग गर्ने वातावरण मिलाउन निर्वाचन आयोगले मतपत्रमा “No vote” अथवा ” मेरो भोट कसैलाई पनि दिने इच्छा छैन” भन्ने जस्तो कुनै ठाउँको ब्यबस्था मिलाउनु पर्ने भन्ने आवाज पनि यदाकदा सुन्न पाइन्छ । लोकतान्त्रिक ब्यबस्थामा राम्रो ब्यक्ति छान्न र देश बिकास र समृद्धिमा चरम अग्रपंक्तिमा जान पर्नेमा त्यस्तो हुन नसक्दा मतदाताहरूमा नैराश्यता आएको पाइन्छ यसले समग्रमा देश र देश बिकासको गतिलाई असर पार्ने त होइन भन्ने अभिमत पनि बुद्धिजीवीहरूले गरेको पाइन्छ ।