संचार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचारसंहिता
यही आउदो मंसिर ४ गते हुन गइरहेको संघ तथा प्रदेश प्रतिनिधि सभाको निर्वाचनको दौरानमा सन्चार माध्यमले के के आचरण अपनाउनुपर्ने भन्ने कुराहरू आफ्नो वेबसाइट र सामाजिक संजाल मार्फत प्रकाशित गरेको छ जसमा भनिएको छ कि
राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पट र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने
राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ × ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रीकामा प्रचार सामग्री छपाउन सक्ने
पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घन्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन. रेडियो वा एफ. एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तिमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने
बिदेशी सन्चार माध्यमबाट निर्वाचन प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न गराउन हुँदैन भनी सूचना प्रकाशन गरेको छ । सोही अनुसार सबै दल वा स्वतन्त्र उम्मेदवारहरू र सम्पूर्ण सन्चार माध्यमले आ आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने दायित्व रहेको छ । निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाधली रहित सम्पन्न गर्नु गराउनु सम्पूर्ण नेपालीजनको जिम्मेवारी रहेको छ भने उम्मेदवारलाई निर्वाचित गर्दा जनताले चाहेको उम्मेदवार छान्न पाउनुपर्छ त्यस्तै निर्वाचित प्रतिनिधिहरूले पनि देश काल र परिस्थिति अनुसार बिकास र समृद्धिको लागि आवश्यक पहल कदमी गर्नुपर्ने देखिन्छ । चुनावमा घोषणपत्र र राम्रा नारालाई मात्र महत्त्व नदिएर देश र जनतको हितमा काम गर्न सक्ने कर्मठ ब्यक्तिको छनौटले नै लोकतान्त्रिक ब्यबस्थालाई मजबुत बनाउन सक्नेछ ।