अस्ताए सामाजिक अभियान्ता टिकाराम कंडेल

Spread the love

भरतपुर महानगरपालिका वडा नं ४ शिवपन्चायन टोल निवासी स्व. टिकाराम कडेलको ९ औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस भरतपुर–४ का सभापति नारायण प्रसाद अधिकारीको अध्यक्षता र नेपाली काँग्रेस वाग्मति प्रदेस सदस्य केशव भक्त सापकोटाको प्रमुख आतिथ्यतामा सोक सभा कार्यक्रम सम्मन्न भयो । उक्त कार्यक्रममा चितवन क्षेत्र नं २ प्रदेश ख का गठवन्दनका उमेदवार उत्तम जोशीको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा वडा सभापति नारायण अधिकारीले नेपाली काँग्रेस. जनताको सुख दुखमा सदैव साथमा रहने विचार व्यक्त गर्नुभयो । सामाजिक अभियान्ता टिकाराम कडेलकाे सामाजिक जिवनी वाचन गर्नु भयाे ।
जन्म २०२३ मार्ग २३ गते काठेखोला–८,लेखानी मृत्यु २०७९ कार्तिक १ गते भ.न.पा–४, यज्ञपुरी
प्रमुख कार्य तथा संलग्नता
१. वि.स. २०६० – वि.स. २०६८ साल सम्म नेपाली कांग्रेसको पार्टी सचिव (लेखानी गा.वि.स)
२. भु.पु. शैक्षिक संघमा सकृय सहभागिता
३. निश्वार्थ सेवा तथा युवाहरुलाई सत्मार्गमा लाग्न प्रेरणा
४.शिवालय मन्दिर व्यवस्थापनको सदस्य
५.विद्यालय तथा मठमन्दिरमा सहयाेग
६.२०६२ –६३ को जनआन्दोलनमा भ.पु.को तर्फवाट सकृय सहभागिता
७.खानेपानी तथा बन समुहमा वसेर सेवा
८. २०६३ पछि चितवनमा आएर विभिन्न सघ सस्था तथा नेपाली काग्रेसको क्रियासिल सदस्यको रुपमा पार्टीको वफादार कार्यकर्ताको रुपमा अगाडी बडेको
९. २०७९ को स्थानिय निर्वाचनमा स्वास्थ्यको प्रभाह नगरी चितवनबाट १ मतका लागि आपनो पार्टी संगठनका लागि लेखानी भोट हाल्न जानु भएको
१०. उत्साही र अनुशासित पार्टीको वफदार कार्यकर्ताको रुपमा कार्य गर्नु भएको वडा सभापति नारायण प्रसाद अधिकारी बताउनु भयाे। सामाजिक अभियान्ता काे परिवारलाई अभिभावककाे खाँचाे हुन नदिने प्रदेश उमेद्वार उत्तम जाेशिले बताउनु भयाे प्रमुख अतिथि प्रदेस सदस्य डा • केसव भक्त सापकाेटाले नेपाली काग्रेसको तारा अस्ताएकाे र उहाँकाे कार्य बाट सबैले सामाजिक कार्यकाे पाठ सिक्नु पर्ने बताउनु भयाे । कार्यक्रम वडा सभापति नारायण प्रसाद अधिकारीको सभापतित्त्वमा सम्पन्न भयाे । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *