जन्मदिनको उपलक्ष्यमा अर्जुन चापागाईंद्वारा सहाराको घरका असहाय छोराछोरीको लागि आर्थिक सहयोग प्रदान

Spread the love

असोज १८ गते परेको अर्जुन चापागाईंको जन्मदिनको उपलक्ष्यमा जन्मदिन बापत प्रदान गरिएको नगद रकम रु. १२,८५०/- (बाह्र हजार आठ सय पचास रुपैयाँ भरतपुर १० एयरपोर्ट टोल मनकामना अस्पताल अगाडि घर हुनुभेका बाबा योग गुरु श्री भागिरथ चापागाईं र आमा श्री डिल कुमारी चापागाईं, छोरी बिहानी चापागाईं र काइला काका (अन्कल)को रोहवरमा भरतपुर महानगरपालिका वडा नम्बर १२, दिपेन्द्र टोलमा रहेको सहाराको घरको सन्चालिका तथा सहारा घरकी आमा कुसुम सहारा र घरका छोरीहरूलाई हस्तान्तरण गरी २०७३ साल असारमा पढाईको सिलसिलामा अश्ट्रेलिया जानुभएको छोरा अर्जुन चापागाईंको आयु-आरोग्यता, सुख, स्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगतिको कामना तथा अश्ट्रेलियाको बसाई सुखद र समृद्ध बनोस्, आटे ताकेका कामहरू पूरा होउन् भन्ने कामना गर्दै कार्यक्रममा हाल सम्पूर्ण नेपालीहरूको घर आगनमा आएको तिहारको उपलक्ष्यमा मंगलमय शुभकामना आदानप्रदान गरियो ।
२०६९ मंसिर २६ गते भरतपुर – ११ मा स्थापना भएको सहाराको घर ६ बर्ष पश्चात् स्तान्तरण भई हाल भरतपुर – १२ को दिपेन्द्र टोलमा गत डेढसालदेखी चलिरहेको छ । शुरुका दिनमा घरभाडा लगायतका समस्याले र कोभिडको समयमा खानपिन लगायतका समस्याबाट साह्रै बिचलित अबस्थामा पुर्याएकोमा हाल सस्थाकै शुभचिन्तक डोल्मा चेलीद्वारा एक घर जसमा २५ जनासम्मको राख्न सक्ने क्षमता भएको घर उपलब्ध गराउनुभएकोले धेरै किसिमको समस्या मध्ये घर बहालको समस्या समाधान भएको संचालिका कुसुम सहारा बताउनु हुन्छ ।
यो सहाराको घरमा एक सानो छोरा र १५ छोरीहरू मिलाएर जम्मा १६ जना आश्रीत बाबू नानीहरू रहेका छन् । यो सस्था देशबिदेशमा रहनुभएका मनकारी महानुभावहरूको मन र सहयोगबाट आजका दिनसम्म यो अबस्थामा आएको हो भनी उहाँले चिरफार खबर पत्रीकाका सम्बादाता श्री पूर्ण चन्द्र चापागाईंलाई बताउनुभयो ।
अन्त्यमा बिदेशमा रहेर पनि असहाय बालबालिकाको बारेमा सोचेर आफ्नो परिश्रमको केही भाग पुण्यकाममा लगाउनुभएकोमा पुनः श्री अर्जुन चापागाईं र उहाँ जस्तो छोरा र परिवारको सदस्य पाउनु भएकोमा सम्पूर्ण परिवारमा धन्यवाद सहित आभार समेत व्यक्त गर्नुभएको सो कार्यक्रममा मनतब्री राख्दै बुबा भागिरथ चापागाईं, आमा डिल कुमारी चापागाईं र काका श्री पूर्ण चन्द्र चापागाईंले समेत यो सहाराको घरको समेत आउदा दिनमा आइपर्ने आवश्यक सहयोग यथासक्य गर्न र यस्तो पुण्य कामको शुरूवात गरि यो अबस्थासम्म ल्याउनु हुने सम्पूर्ण मनकारी सहयोगीहरूमा समेत भगवान्ले रक्षा गरून् भन्दै तपाईहरूले पनि यथाशक्य सहयोग गर्न सक्नु हुनेछ भन्ने कामना सहित कार्यक्रमको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *