लघुकथा/ तिहार -गोपाल प्रसाद थपलिया

Spread the love

-“ दिदी धेरै वर्ष पछि तिहारमा मलाई टीका लगाई दिन आउने कुरा पक्का भयो ! मालती तिमीले पनि दाइ भाइलाई टिका लगाउन यतै हाम्रै घरमा बोलाऊ ! मेरी दिदी असी वर्ष भइसकन्नु भो ! यताउता गर्न सक्नु हुन्न ! यस पालीको तिहार हाम्रै घरमा भब्य रूपमा मनाउने!” दधिरामले श्रीमतीलाई डराई डराई यो कुरा भने।
-मालती एकैछिन त केही बोलिनन् ! तर केही बेर पछि ! धेरै वर्ष पछि तपाईकी दिदी तपाईलाई भाइ टीका लगाउन आउँदै हुनुहुन्छ ! असी वर्षकी आमाज्यू घरमा आउँदा म जान्छु त माइत ?! म भाइलाई यतै बोलाउँछु नि यसमा चिन्ता नगर्नु होस् !“ मालतीले भनिन् ।
-“ दधिरामले मालतीले यसो भन्लिन भनेर सोचेका पनि थिएनन् ! मालतीको मन कसरी परिवर्तन भयो!? दिदीलाई तिहारमा धेरै दक्षिणा दियो भनेर उल्कासंग झगडा गरेर दिदीको बेइज्जत गरेकी मालतीले आज दिदी प्रति यति धेरै आदरभाव किन दर्शाइन!? मालतीले पनि आफ्ना दाजुभाइलाई टीका नलगाएको दुई वर्ष भइसक्यो ! दधिरामले उनकी छोरीले दुई वर्ष अगाडि भनेको कुरा सम्झिए ! मालतीकी भाउजुले ” आफैले मात्र माइती माइती भनेर नभने हुन्छ, तपाईकी पनि एक जना आमाज्यू हुनुहुन्छ ! तपाईहरू त हो नि उहाँको माइती ! आमाज्यूलाई अपमान गर्नेले आफू माइत आउँदा मान खोजेर हुँदैनन नि ! मालती नानी ! आफू चाहीं माइती माइती भनेर हुरूकै हुने ?! तपाई चाही एक मात्र आमाज्यूलाई माइतमा केलाई आइथीस् त भन्ने !? भनेर आफ्नी आमालाई माइजूले भनेको कुरा त्यसैबेला दधिरामकी छोरी बिनाले दधिरामलाई सुनाएकी थिइन ! यो कुरा दधिरामले अहिले आएर सम्झिए !
-“ तिमीले अघि भनेको कुरा मैले बुझिन, किन भाइ मात्र बोलाउने दाइलाई चाहि नबोलाउने !?” दधिरामले भने ।

  • “ हो दाइलाई नबोलाउने! “ मालतीले भनिन् ।
  • “ आफ्नी दिदीलाई मालतीले सधैं “ मुखले मात्र मिसिस्क हाँस्ने तर ब्यवहारले छुरा झै काट्ने !” भन्ने कुरा मन मन संझिए र आज मालतीको ब्यवहारमा आएको परिवर्तन देखि मन मन औधी खुशी भए दधिराम ! किनभने दधिराम उनका बा आमाको निधन हूँदा डेढ वर्षका मात्र थिए! उनकी दिदी आठ वर्षकी मात्र ! दिदीले नै दधिरामलाई हुर्काइ बढाई गरेकी थिइन ! भाइको सुख बाहेक दिदी ओममायालाई अरूको केही चिन्ता थिएन ! दिदी ओममाया र भाइ दधिराम बीचको माया प्रेम त्यस गाउँमा उद्धारण बनेको थियो ! तर मालती यसमा तगारो बनी रहेकी थिइन!
    -“ मलाई माफ गरिदिनु होस् बिनाका बुबा मैले दिदी (आमाज्यू, ओममायाप्रति )ठूलो अपमान गरें! तर म माफी दिन पनि लायक छैन !?” मालतीले आँखाबाट आँसु झार्दै भनिन् ।
    -“ मौका नपरून्जेल चरो मौका परे पछि नकचरो बनेकी त होइनौ तिमी!?” दधिरामले मालतीलाई भने।
  • “होइन होइन ! यो मनको तर्कना, मैले आफैले गरेको अपराध धौ पर्यो बिर्सन! मलाई माफ गरिदिनु होस् ! म ओममाया दिदीसंग पनि माफ माग्छु ! उहाँको अगाडि नै मैले उहाँमाथि गरेका अपराध प्रति पश्चाताप गर्छु ! विवेक भनेको लाखौ लाखौ,धन र पापी मन भनेको खाक रहेछ हजुर ! मालतीले भनिन् ।
    -“ मालती ! हाम्री दिदी सधैं भन्नु हुन्छ “ आफू भलो त जगत भलो ! आफू दुष्ट त संसार दुष्ट ! गाईले घाँस खाएर दूध निकाल्छ तर सर्पले दूध खाएर पनि विष निकाल्छ !” दधिरामले भने।
    -“ अब यसपालीको हाम्रो तिहार राम्रो र रमाइलो हुने भो ! जहाँ विवेक छ त्यहाँ सबै सधैं रमाइलो ! जहाँ विवेक छैन ! त्यहाँ सबै सधैं नरमाइलो !”मालतीले भनिन्।
  • “ केटाकेटीको लागि प्यारो चाचा ! ठूलो मान्छेको लागि प्यारो विवेक र बाचा !“दधिरामले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *