हिन्दुहरुको महान पर्व तिहार

Spread the love

कार्तिक कृष्ण पक्ष चतुर्दशी तिथि ७ गते लक्ष्मी पूजा, कुकुर तिहार, लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती र नरक चतुर्दशी वा सुख रात्रीको नामले चिनिन्छ ।
आजको दिन धनधान्यकी देवी माता लक्ष्मी भगवतीको पूजा अर्चना गरी मनाइदै छ । सकेसम्म चरन चरेको वा हरियो घासपात खाएर गोब्य्राएको गोबरले लिपेर नसुक्दैको आगन, कमेरो माटो र रातो माटोले लिपेर चिटिक्क पारेको घरका भित्ता भएको सेल रोटी अनारसा लगायतका मीठामीठा रोटी मिठाई फलफूल तथा परिकारले रङ्गी चङ्गी फूल मालाले पूजा गरी, आर्शीमा ॐ कार लेखी, लक्ष्मी भगवतीको पाइला बनाई पूजाआजा गरि धन सम्पत्ति, पैसा, सुन चादी जुहरत समेतको पूजा गरि आजैका दिन लक्ष्मी माताले मेरो घरको धनधान्य परिपूर्ण गरिदिउन र सधैं हाम्रो घरमा लक्ष्मी माताको बास होस भनी पूजाआजा गरिन्छ ।


त्यसै आज यमपन्चकको दोश्रो दिन मानव सभ्यतादेखि नै समाजमा मानवको बफादार साथीको रुपमा आफ्नो अस्तित्व कायम राख्दै आएको कुकुरले मनव चोलाको समाप्तिपछि पनि स्वर्गलोकसम्म साथै पहरा दिई पुर्याउने बिश्वासका साथ कुकुरलाई बिहानै पुजा गरि माला पहिराई मिठोमिठो परिकारहरूद्वारा भोजन गराई यमपन्चकको दोश्रो दिनलाई स्वागत गर्ने गरिएको छ ।
आज लक्ष्मी पूजाको दिनमा महाकबी लक्ष्मी प्रसाद देवकोटाको जन्म भएको हुदा देशभर नै विभिन्न कार्यक्रम गरि महाकबी लक्ष्मी प्रसाद देवकोटालाई सम्झने गरिन्छ ।
आजको दिनमा तिलको तेल शरीरमा लागाई ताल तलैया नदी वा पोखरीमा नुहाउने र तिलकै झिगटिले आगो तापी शरीरमा घाउ खटीरा चोट पटक नलागोस, मृत्यु पश्चात् नर्कलोक जान नपरोस् भनी यमदीपलाई दक्षिण फर्काइ बाली नदीमा बगाउने पनि चल्न रहेको छ । यसरी नर्कबाट मुक्तभएर सुखभोग गर्न पाउने हुनाले रातिमा भगवानको नाम जप्दै भजन किर्तन गरि यश लोज र परलोकमा पनि सुख भोग गर्न पाउने आशाका साथ रहेने हुनाले सुख रात्री पनि भन्ने गरिएको पाइन्छ । यसरी यमपन्चकको दोस्रो दिनलाई नेपाली समाजले सम्झदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *