सामाजिक व्यक्तित्व मैया देवी श्रेष्ठको स्वर्गारोहण
सामाजिक सेवाका विभिन्न तह र तप्कामा सदैव आफ्नो परिचय दिदै आउनु भएकी निष्ठावान धार्मिक एवम् नेपाली कांग्रेसकी एक कर्मठ व्यक्तित्व दानवीर सुश्री मैयादेवी श्रेष्ठ अब यस दुनियामा रहनु भएन २०७९ कार्तिक ०५ गते गए राति १• १० बजे उहाँको महाप्रस्थान भएको खबर प्राप्त भएको छ ।
उहाँको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी कार्यालय, कमल नगरमा श्रद्धान्जलिको लागि राखिएको र श्रद्धाञ्जलीको कार्यक्रम सकिएपछि शबदाहको लागि देवघाट धाम लैजाने तयारी भइरहेको बुझिएको छ ।
समाजका हरेक क्षेत्र र विशेष गरी नेपाली कांग्रेस पार्टीले वहु आयामिक व्यक्तित्व मैया देवी श्रेष्ठ लाई गुमाएको छ । यस घडीमा सबैको मन दु:खित् छ । गहिरो पीडावोध भएको छ । मर्माहत् बनाएको छ । तथापि भावपूर्ण श्रद्धान्जली अर्पण गर्नु र चिरशान्तिको कामना गर्नुको अर्को विकल्प भने रहेननै ।…….
अन्त:मा ऐतिहासिक व्यक्तित्व मैया देवी श्रेष्ठको दिवङ्गत आत्माले बैकुण्ठ बास प्राप्त गरोस् कामना गरौं ! पुनः भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरौं ! शोक सन्तप्त परिवारजन लगाएत सम्वन्धित सबैमा हार्दिक समवेदना प्रकट गर्दछौं । चिरफार अनलाइन खबर पत्रीका सम्पूर्ण परिवार । चितवनको पत्रकार तथा पत्रकारिताका लागि ठूलो योगदान दिनुभएको छ । पत्रकार महासंघमा मैयादेबी पुरस्कर र पत्रकार युनियनलाई भवन निर्वाणको जग्गा, नेपाली काङ्ग्रेसको विभिन्न ठाउँमा भवन निर्माणका लागि जग्गा प्रदान तथा भवन निर्माणमा बिशेष सहभागिता र मैयादेबि कन्या कलेजमा विभिन्न बिषयमा अध्ययन अनुसन्धानको लागि जग्गा सहित भवन तथ सम्पूर्ण दायित्व निर्वाह गर्दै आउनु भएको थियो ।
समाज चल्न मात्र नभएर उत्कृष्ट समाज निर्माणका लागि उहाँले सम्पूर्ण प्रयास जारी राख्नुभएको थियो भने समग्र समाजमा यसको छाप समेत छोडेर जानुभएको छ ।