भरतपुर महानगरपालिका ५ मा अन्तर टोल स्तरीय हाजिर जबाफ प्रतियोगिता सम्पन्न

Spread the love

सिर्जनशील टोल बिकास सस्था तोरीखेतको आयोजनामा आज मिति २०८९ कार्तिक ०५ गते शनिबारका दिन बिहान ११:०० बजेबाट शुरुभई अपरान्ह ०५:०० बजे होटल डबका हाइट सीताराम चोकमा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ५ भित्रका कक्षा १० सम्म अध्ययनरत छात्र-छात्राहरूलाई अन्तरटोल बिकास सस्थाहरू बीच पारस्परिक सम्बन्ध बिस्तार तथा सुधारका लागि साथै वडाभित्रका बिद्यार्थीहरू बीच सुमधुर सम्बन्ध बिस्तार गरि उनीहरूको ज्ञान, सीप र बौद्धिक बिकासका लागि हाजिरी जबाफ प्रतियोगिता आयोजना गरिएकोमा २९ वटा टोल बिकास सस्थालाई सहभागीताको लागि निमन्त्रणा पठाइएकोमा जम्मा १६ वटा टोल बिकास सस्थाहरू
१- जागृती टोल बिकास सस्था -क
२- साइराम टोल बिकास सस्था
३- नव कल्याण टोल बिकास सस्था
४- जागृती टोल बिकास सस्था – ख
५- श्री नारायण मन्दिर टोल बिकास सस्था
६- जानकी चोक टोल बिकास सस्था
७-न्यू आनन्द टोल बिकास सस्था
८- हातेमालो टोल बिकास सस्था
९- नमूना कल्याणकारी टोल बिकास सस्था
१०- गुम्बा टोल बिकास सस्था
११- गणेश मन्दिर टोल बिकास सस्था
१२- कल्याण टोल बिकास सस्था
१३- बिकासचोक टोल बिकास सस्था
१४- श्रीराम टोल बिकास सस्था
१५- ॐ शान्ति टोल बिकास सस्था र
१६- दर्शन टोल बिकास सस्थाले सहभागिता जनाएका थिए ।
सहभागी १६ टोल बिकास सस्थाले पहिलो चरणको छनौट राउन्डमा सहभागिता जनाएकोमा जम्मा ८ वटा टोल बिकास सस्थालाई दोस्रो राउन्डमा सहभागी बनाइएको थियो । दोस्रो राउन्डमा सहभागी हुने टोल बिकास सस्था मध्ये
१- नारायण मन्दिर टोल बिकास सस्था
२- हातेमालो टोल बिकास सस्था
३- जागृती टोल बिकास सास्था
४- बिकास चोक टोल बिकास सस्था
५- दर्शन टोल बिकास सस्था
६- गणेश मन्दिर टोल बिकास सस्था
७- नवकल्याण टोल बिकास सस्था र
८- नमूना टोल बिकास सस्था दोस्रो राउन्डमा सहभागिता जनाउने अवसर प्राप्त गरेका थिए । जस मध्ये
१- पहिलो हुने नव कल्याण टोल बिकास सस्थाले रू. १५,०००/-, शिल्ड, प्रमाणपत्र र पहिलो बिजयी सहभागीले पुरस्कार प्राप्त गरेका थिए ।
२- दोस्रो हुने गणेश मन्दिर टोल बिकास सस्थाले रू. १०,०००/- रुपैयाँ, शिल्ड, प्रमाणपत्र, दोस्रोपल्ट बिजयी हुने सहभागीले पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी
३- तेस्रो हुने दर्शन टोल बिकास सस्थाले रू. ५,०००/- रुपैयाँ, शिल्ड, प्रमाणपत्र र तेस्रो हुने सहभागीले पुरस्कार प्राप्त गरेका थिए ।
४- चौथो (सान्त्वना) हुने नारायण मन्दिर टोल बिकास सस्थाले रू. ३,०००/- रुपैयाँ, शिल्ड, प्रमाणपत्र र चौथो तथा सान्त्वना स्वरुपको सहभागीताको पुरस्कार प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा प्रबर्द्धकको रुपमा रहनुभएका भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाध्य्क्ष श्री युद्ध प्रसाद श्रेष्ठले प्रमुख अतिथिको रुपमा आफ्ना भनाइहरू राख्नु भएको थियो भने अन्य बक्ताहरू हरिशरण पौडेल, मधुकर तिवारी, स्याण्डविच होम सोलुसन प्रा. लि. का फ्याक्ट्री म्यानेजर श्री पूर्ण चन्द्र चापागाईं, सहभागी टोल बिकास सस्थाका अध्यक्ष ज्यूहरू र शाखा रेडक्रस अध्यक्ष ज्यूहरू समेत रहनुभएको थियो ।सो कार्यक्रममा पत्रकार, बुद्धिजीवी, सीताराम चौकीका प्रतिनिधि, सहभागी टोल बिकास सस्थाबाट सहभागी सहित अध्यक्ष वा प्रतिनिधि, सिर्जनशील टोल बिकास सस्थाका पदाधिकारी, सल्लाहकार, सदस्यहरू र सम्पूर्ण टोलबासीहरूको सहभागिता रहेको थियो ।कार्यक्रमको सभापति सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्यले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन सिर्जनशील टोल बिकास सस्थाका सह सचिब तथा कार्यक्रम सम्योजक श्री अर्जुन गिरीले गर्नुभएको थियो ।
कार्यक्रमले व्डा भित्रका टोलहरूको आपसी भाइचारा तथा सम्बन्धको बिकास गर्ने, टोलभित्र रहेका बिद्यार्थीहरू बीछ प्रतिस्पर्धाद्वारा क्षमताको अभिवृद्धि गर्ने, समाजमा घुलमिल हुन सक्ने वातावरणको बिकास गर्ने, बिज्ञान र प्राविधिलाई के कसरी समाज बिकासमा लगाउन सकिन्छ भन्ने जस्ता भावनाको बिकास गर्ने जस्ता समय सापेक्ष बिषयमा प्रकाश पार्दै कार्यक्रमको समापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *