क्षमताअभिबृद्वी सम्बन्धि दुई दिने तालिम कार्यक्रमको उद्घघाटन

Spread the love

भरतपुर महानगरपालिका द्वारा आयोजित स्थानीय सरकारहरुको क्षमता अभिबृद्वी सम्बन्धि दुई दिने तालिम कार्यक्रमको उद्घघाटन सत्रमा सहभागी हुनु हुदै आदरणीय उप प्रमुख ज्यु । कार्तिक ४ गते सम्म जारी रहने उक्त तालिममा भरतपुर महानगरका २९ वटै वडाका अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य तथा अन्य क्षेत्रका ब्यक्तिहरुको उपस्थिति रहेको छ । उद्घघाटन सत्रमा बोल्दै उप प्रमुख ज्यु ले प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न यस्ता तालिमले महत्त्वपूर्ण भुमिका खेल्नेमा विस्वास व्यक्त गर्नु भयो । साथै उहाँले बिना सूचना आउने बिपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह समेत गर्नु भयो ।

प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न दुई दिने तालिमको आयोजना गरिएको हो ।

तालिममा सहभागीहरुलाई दुई दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने भन्ने बारेमा तालिम प्रदान गरिने भरतपुर महानगरले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *