अन्तर टोल स्तरीय हाजिर जफाफ प्रतियोगिताको तयारी पूरा
सिर्जनशील टोल बिकास सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्य र यसै टोल बिकासका सह सचिब तथा कार्यक्रम सम्योजक श्री अर्जुन गिरीका अनुसार भोलि मिति २०७९ कार्तिक ०५ गते शनिबारका दिन बिहान ११:०० बाट होटल डबका हाइट सीताराम चोकमा हुन गईरहेको हाजिरी जबाफ प्रतियोगिताको सबै तयारी पूरा भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ भित्रका कक्षा १० सम्म अध्ययनरत छात्र-छात्राहरूलाई अन्तरटोल बिकास सस्थाहरू बीच पारस्परिक सम्बन्ध बिस्तार तथा सुधारका लागि साथै वडाभित्रका बिद्यार्थीहरू बीच सुमधुर सम्बन्ध बिस्तार गरि उनीहरूको ज्ञान, सीप र बौद्धिक बिकासका लागि हाजिरी जबाफ प्रतियोगिता आयोजना गरेको कुरा सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्यले बताउनुभयो । उहाका अनुसार प्रत्येक टोलबाट १/१ टिमले सहभागिता गराउन सक्नेछन् वडा नम्बर ५ भित्र रहेका २९ वटै टोल बिकास सस्थालाई यो प्रतियोगितामा सहभागिता जनाउन निमन्त्रणा पठाएकोमा १६ टोल बिकास सस्थाको मात्र सहभागिता रहनेछ । प्रत्येक ३ सदस्यीय टीममा एकजना छात्रा अनिवार्य हुनुपर्नेछ । सहभागीहरू कक्षा १० सम्म अध्ययनरत हुनेछन । । प्रथम हुनेलाई १५,०००/- सिल्ड तथा प्रमाणपत्र, द्वितीय हुनेलाई १०,०००/- सिल्ड तथा प्रमाणपत्र , तृतीय हुनेलाई ५,०००/- सिल्ड तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार रु. ३,०००/- सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने ब्यबस्था मिलाइएको छ । साथै सहभागी टोल बिकास सस्थाहरू र सहभागीहरू समेतलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ । र बिजयी समूहका सहभागीहरूलाई समेत प्रमाणपत्र सहित पुरस्कारको ब्यबस्था गरिएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजन स्याण्डविच होम सोलुसन प्रा. लि. ले गरेको छ भने कार्यक्रमको प्रबर्द्धक भरतपुर महानगरपालिका वडा नम्बर ५ रहेको छ । यश कार्यक्रमको प्रमुख अथिती भरतपुर महनगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्री युद्ध प्रसाद श्रेष्ठ रहनु हुनेछ ।