नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान
चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।
चितवन र गैंडाकोट जोड्ने नारायणी पुल निकै लामो समयदेखि प्रयोगमा आइ रहेको र समय अनुसारको गाडीको भार बाहन क्षमता बढाउनुपर्ने पर्ने समेत भएकोले नयाँ पुलको निर्माणको टट्कारो आवश्यकता समेत देखिएको छ । त्यसैकारणले पनि अर्को पुल छिटोभन्दा छिटो नयाँ पुल बनाउने तयारी सङ्गै अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल नजिक भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउनेो योजना छ ।नेपालको पर्यटन प्रवर्द्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तै चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइने सडक विभागका अधिकारीहरु बताउँछन् । यो पुलले हेर्दा नारायणगढ र गैंडाकोट जोडेजस्तो मात्र देखिए पनि समग्रमा यो पुल देशकै केन्द्रबिन्दुमा पर्ने र पुर्ब पश्चिम राजमार्गमा रहेको हुँदा यसले काठमाडौ देखि नारायणगढ हुँदै टनकपुर, नारायणगढ हुँदै सुनौली दिल्लीसम्म पुग्ने यातायात तथा पर्यटनको प्रवर्द्धन गर्न बिशेष भूमिका निर्वाह गर्दछ ।