लागु औषध सहित भारतीय मानिस पक्राउ
पक्राउ मिति- २०७९/०६/२८ गते बिहान अं.११;१० बजेको समयमा ।
पक्राउ स्थान- जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१० भरतपुर बसपार्कचोक
पक्राउ मानिस
क) भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने बर्ष ३८ को सुनिल कुमार ।
ख) भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, वार्ड नं.२५ पंकजचौक रक्सौल बस्ने बर्ष १९ को बिकास कुमार ।
ग) भारत बिहार राज्य, पुर्वी चम्पारण जिल्ला, रघुनाथपुर ग्राम पञ्चायत, रामगढवा पचौरीटोल बस्ने बर्ष ५० को राजन ठाकुर ।
घ) जिल्ला बारा गढीमाई न.पा.वडा नं.१९ बस्ने बर्ष ३५ की प्रतिमा मण्डल ।
बरामद लागु औषध
डाईजोपाम ;- १००० (एक हजार) एम्पुल ।
व्युप्रिनर्फिन ;- १००० (एक हजार) एम्पुल ।
फेनारगन ;- १००० (एक हजार) एम्पुल ।
खैरो हेरोईन जस्तो देखिने बस्तु ;- ५२(बाउन्न) ग्राम १४० मिलिग्राम ।
मोबाईल ;- ४ थान ।
DL 7 CM 1576 नं. को MAHINDRA QUANTO C4 कार ।
घटना बिवरण –
मिति २०७९/०६/२८ गते बिहानको समयमा बीरगंज तर्फबाट नारायणगढ तर्फ आई रहेको भारतीय कारमा लागु औषध ओसारोसार भई रहेको भन्ने सूचना प्राप्त हुन आएकोले यस कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोली जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.१० भरतपुर बसपार्कचोकमा निगरानी गरी बसेको अवस्थामा बिहान अं.११;१० बजेको समयमा उक्त स्थानमा आई पुगेको DL 7 CM 1576 नं.को भारतीय कार रोकी चेकजाँच गर्दा उक्त कारको अगाडी बाँया तर्फको सिट अगाडी खुट्टा राख्ने ठाउँ मुनि फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा कागजमा पोको पारिएको ८ वटा पोकामा रहेको डाईजेपाम समेतको लागु औषध र कालो प्लाष्टिकमा पोको पारी राखेको सेतो प्लाष्टिकमा प्याक भएको लागु औषध खैरो हेरोईन जस्तो देखिने बस्तु फेला परेको, गाडीमा शुक्ष्म रुपमा खानतलासी गर्दा उक्त गाडीको पछाडी डिक्कीको भागमा पछाडीको ढोका अगाडी मुनि पट्टी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा कागजमा पोको पारिएको १२ वटा पोकामा रहेको डाईजेपाम समेतको लागु औषध फेला परेको, फेला परेको २० वटा पोका खोली हेर्दा लागु औषध डाईजेपाम १००० (एक हजार) एम्पुल, व्युप्रिनर्फिन १००० (एक हजार) एम्पुल, फेनारगन १००० (एक हजार) एम्पुल रहेको, फेला परेको उक्त लागु औषध खैरो हेरोईन जस्तो बस्तु तौल गर्दा ५२(बाउन्न) ग्राम १४० मिलिग्राम भएको, उक्त लागु औषध ओसारपसार तथा कारोवारमा संलग्न उक्त कारमा फेला परेका कार चालक सुनिल कुमार, अगाडी सवार रहेको बिकास कुमार, पछाडी सवार रहेका राजन ठाकुर र प्रतिमा मण्डललाई पक्राउ गरी उक्त लागु औषध, निजहरुको साथमा फेला परेको ४ थान मोबाईल र उक्त DL 7 CM 1576 नं.को MAHINDRA QUANTO C4 कार समेत बरामद गरिएको । जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।