सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब चितवन बाटै वितरणका लागि बाटो खुल्ला

Spread the love

सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब चितवन बाटै वितरणका लागि बाटो खुल्ला भएको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परीक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात ब्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा फैसला भए संगै यातायात व्यवस्था सेवा कार्यालय चितवनलाई मार्ग प्रशस्त भएको हो । यससंगै चितवनबाट सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परिक्षास्थल छनोटको बाँकी प्रक्रिया अगाडि बढाउने बाटो खुलेको यातायात ब्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलले जानकारी दिनुभयो । न्यायाधिस ईश्वरकुमार खतिवडा र डा मनोजकुमार शर्माको इजलासले मुख्यमन्त्री कार्यालय र यातायात कार्यालयको पक्षमा फैसला सुनाएको हो । प्रयोगात्मक परीक्षास्थल छनोटको विरुद्धमा चितवन ड्राइभिङ स्कुलले गएको असार १९ गते सर्वाेच्चमा मुद्धा दायर गरेको थियो । चितवन देशकै मुटुभागमा रहेर पनि अहिलेसम्म न त क्षेत्रीयस्तरका कुनै कार्यालय बन्न सकेका छन न त त्यस्ता प्रकृतिका सेवा सुबिधाको नै ब्यबस्थापन हुन सकेको छ एउटा भएको भरतपुर अस्पताल छ त्यसमा पनि समय समयमा समस्याहरूका चाङ्गहरू थुप्रीरहेको भेटिन्छ । भन्न त चितवनबाट प्रधानमन्त्रीहरूको पनि चुनावी प्रतिस्पर्धा मा बिजयी भएको देशकै अर्थमन्त्रीको निर्वाचित भएको, देशै ठुला दलहरूका सभापति, अध्यक्षहरूले चुनाव जितेर गएका रेकर्डहरू पाउन सकिन्छ तर पनि त्यसै अनुसारको राश्टृय रुपको बिकास चितवनले पाएर गौरब गर्न लाएक बन्न सके जस्तो लाग्दैन । जताततै किसानका समस्या, ब्यापारीका समस्या, हरेक क्षेत्रमा समस्याहरूको चाङ्ग मात्र भेटिन्छ त्यसको सामाधान गर्न सक्ने नेता तथा नेतृत्वको पर्खाइमा चितवनबासी जनता रहेको पाइन्छ त्यस्तो सौभाग्य र आट लिएर आएको नेत र नेतृत्व अवश्य आउला हाम्रै पालामा आउला भन्ने आशामा चितवनबासी जनता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *