जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख निर्वाचन प्रयोजनका लागि अनुगमन अधिकृत रहने

Spread the love

 आगामी मंसिर ४ गते हुन गइरहेको संघ तथा प्रदेशको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको असोज २४ को निर्णय अनुसार निर्वाचन आचारसंहिता २०७९ को दफा ३२ बमोजिम प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई निर्वाचन प्रयोजनका लागि अनुगमन अधिकृतको रुपमा तोकिएको छ । आफ्नो जिल्ला भित्रका कर्मचारी, शिक्षक वा निर्वाचन आचारसंहिता पालन गर्नुपर्ने दायित्व भएका अन्य कुनै ब्यक्तिले निर्वाचन आचारसंहिता बिपरित कार्य गरेमा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख तथा आचारसंहिता अनुगमन अधिकृतले निर्वाचन आयोग ऐन २०७३ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारवाही गर्ने र सो को जानकारी सम्बन्धित जिल्लाको आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने गरि अधिकार दिइएको कुरा निर्वाचन आयोगको सूचनामा प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *