देश-प्रदेशसमाचार

निर्वाचन आयोगले आचारसंहिता पालन गराउन निकाल्यो कार्यालय प्रमुखहरूलाई बिशेष निर्देशन सहितको प्रेस बिज्ञपति

Spread the love

आगामी मंसिर ४ गते संघ तथा प्रदेश प्रतिनिधि सभा सदस्यको लागि हुन गइरहेको मंसिर ४ गतेको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष एवं धाधलीरहित बनौनको लागि निर्वाचन आयोगको निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिको बैठकले निर्वाचन आचारसंहिता २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्बजनिक सस्था, सरकारी वा अर्धसरकारी निकायबाट संचालित परियोजना, बिकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा बिश्वबिद्धालयका शिक्षक, प्राध्यापक, कर्मचारी लगायत निर्वाचनको काममा सम्लग्न कर्मचारीले निर्वाचन आचारसंहिता बिपरितको कामकारबाही गरेको अबस्थामा नीजहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने भएकोले कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा बिपक्षमा प्रचारप्रसारमा सम्लग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक संजालमा राजनीतिक दल वा उमेदवारको पक्ष वा बिपक्षमा कुनै संदेश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्ने वा सामाजिक संजाल मार्फत मत माग्ने लगायतका निर्वाचन आचारसंहिता बिपरितको कामकारबाही गरेमा त्यस्ता कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी समेतलाई निर्वाचन आयोग ऐन २०७९ तथा प्रचलित कानून बमोजिम बिभागीय कारवाही गरि सोको जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउनको लागि आचारसंहिता लागू हुने सबै निकायहरूका प्रमुखलाई निर्देशन सहितको निर्णय गरेको कुरा आयोगका उप सचिब एवं सहायक प्रवक्ता कमल भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्ती निकालिएको छ । उक्त बिज्ञप्तिका अनुसार निर्वाचन आचारसंहिता २०७९ बिपरित कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी तथा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्व भएका कुनै ब्यक्तिलाई उपरोक्त निर्णय बमोजिम कारवाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिमको कारवाही गरि सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न निर्वाचन आयोगको सचिवालयलाई निर्देशन समेत दिइएको कुरा समेत उल्लेख छ ।
यश पटकको निर्वाचनमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने कुरा निर्वाचन आयोगका प्रबक्ता तथा आयुक्तहरूबाट ब्यक्त गरिएको छ । यदि यसरी निर्वाचन आचारसंहिता सहितालाई कडाईका साथ पालना गराई कार्यान्वयनमा ल्याउन सके निर्वाचनको बिश्वसनियता माथी जनताको आशा पलाउदै जानेथियो फलस्वरूप लोकतान्त्रिक ब्यबस्थाको एउटा पाटो मात्र सफल हुन सकेपनी त्यसको प्रभाव समाजमा पर्दै जानेथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *