आन्तरिक पर्यटन तथा पिकनिकको केन्द्र बन्दै माडी – ४ को रेडहिल पार्क
नेपालको बागमति प्रदेश चितवन जिल्लाको नारायणगढ, भरतपुर, गीतानगर, पटिहानी, जगतपुर हँुदै रापती खोलाको पुल पार गरी चितवन राष्ट्रिय निकुञ्ज (चारकोशे झाडी) पार गरेर मात्र प्रवेश गरिने क्षेत्र नै माडी हो । हालको माडी नगरपालिका पहिलेका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुर गरी चार गा. वि.स. मिलाएर माडी नगरपालिका बनाईएको हो । यसको क्षेत्रफल २१.२ स्वायर किलोमिटर रहेको छ ।
माडी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने रेडहिल पार्क जानको लागि नारायणगढ, माडी, ठोरी हुलाकी लोक मार्गको मगुईखोला (महेश्वरी गङ्गा) को पश्चिमपट्टी छेउमा पर्ने सिधुवाचोकमा रहेको गेटबाट प्रवेश गरी सिधुवा, वडा नम्बर ४ को कार्यालय, हँुदै पूर्वतर्फ जानेबाटोबाट नयाँ खैरहनी प्रवेश गरी विशालचोक नयाँखैरहनीबाट केही माथि दक्षिणतर्पm जङ्गलको फेदीबाट ५÷१० मिनेट पैदल यात्रागरेपछि रेडहिलपार्क प्रवेश गर्न सकिन्छ ।
त्यसैगरी अर्को रुटमा सिधुवाचोकबाट सिधुवा गाउँको बाटो अम्रौली बजार, खैरहनी मा. वि., दुर्गा मन्दिरको बाटो हँुदै चम्फाबार, एकतास्तम्भबाट रेडहिलपार्कमा सिधै बाइक वा गाडीमा समेत जान सकिन्छ भने नारायणगढ, माडी, ठोरी हुलाकी लोकमार्गको चिरौली चोकबाट दक्षिणतर्पm हँुदै सिम्रेनी स्कुल, अम्रौली बजार, खैरहनी मा. वि., दुर्गा मन्दिर, चम्फाभार, एकतास्तम्भबाट रेडहिल पार्क जान सकिन्छ ।
करीब १० देखि २० बिघा क्षेत्रफलभित्र फैलिएर रहेको यो रेडहिल पार्कमा १ सालको रुखलाई बीचमा आधार मानेर बनाइएको ट्री भ्यु टावर, सेल्फी स्टेसन रेलिङ्ग सहित, बच्चाहरूको लागि चिप्लेटी – ४ वटा, बच्चाहरूका लागि साना साना – ४ वटा पिङ्गहरू , ठूला मानिसहरूका लागि – १ वटा पिङ्ग, सेफ्टी भ्यु टावर सेल्फीको लागि, पिकनिक खाने ठाउँहरू लगायतका मनोरञ्जनात्मक तथा मनोरम दृश्यावलोकन गर्न मिल्ने ठाउँहरूको व्यबस्था मिलाइएको छ ।
यो रेडहिल पार्क नेपाल भारतको ४५ नम्बर सीमास्तम्भ नजिक पर्ने तथा नेपालकै रमणीय, प्राकृतिक र धार्मिकस्थल सोमेश्वर गढीको दक्षिणतर्फ घोडाकन्यको बाटो सहज तथा सरल पैदलयात्रा मार्गबाट नजिक जङ्लको फेदीमा माडीको वडा नम्बर ४ खैरहनी तथा सित्तलपुरको बीचमा रहेको छ सोही बाटो हुँदै खैरहनी वा सित्तलपुरको बाटो हँुदै ठोरी, माडी, नारायणगढ, केरुङ्ग लोकमार्गमा मिसिनको लागि आउन सकिन्छ । पूर्वतर्पm महेश्वरी गङ्गा (मगुई खोला) छरछरे शिवधाम, उत्तरतर्पm घोडाकन्य हँुदै सोमेश्वरगढी, पश्चिमतर्पm सित्तलपुर गाउँ, एकतास्तम्भ र यसका मनमोहक स्थानहरू दक्षिणतर्पm खैरहनी गाउँ र यसका मनमोहक रुपमा लोभ्याउने खेतीयोग्य मैदान राष्ट्रिय निकुञ्जको दूरदर्शन सहित टावरबाट चुरे पर्वत श्रृङ्खला, हिमशिखरहरूको मनमोहक दृश्यहरू पनि देख्न सकिन्छ । यसकै छेउमा रहेको कृषि फर्म तथा फर्मस्टे सहितको विषादिरहित फलपूmल, तरकारी र अन्य खेतीको समेतको दृश्यावलोकन गर्न सकिन्छ ।
यस रेडहिलपार्कमा यसै वर्ष (२०७९) बाट पिकनिकको समेत सुविधाको विकास गरिएको छ, पिकनिकको लागि आवश्यक पर्ने बिजुली बत्ती, पानी, बस्ने ठाउँ, मनोरञ्जन गर्ने रमाउने ठाउँहरूको समेत व्यबस्था मिलाइएको छ । यहाँ भ्रमण तथा अवलोकन गर्न आउनुहुने पाहुना महानुभावहरूले यहाँको सेल्फी टावर, सेल्फी सेफ्टी टावरबाट मगुईखोल (महेश्वरी गङ्गा) तथा छरछरे शिवधाम, पहरा र जङ्गलको समेत दृश्यावलोकन गर्न सक्नुहुनेछ ।
यस रेडहिल पार्कका परिकल्पनाकार माडी – ४, नयाँ खैरहनी घर भई हाल भरतपुर, नारायणगढ क्षेत्रमा व्यापार, व्यवसाय गर्दै आउनु भएका युवा उद्यमी श्री हरि प्रसाद न्यौपानेले चिरफार खबर अनलाईन पत्रिकाका संवाददाता श्री पूर्ण चन्द्र चापागाईलाई यस रेडहिलपार्कको समग्र विकासको रुपरेखा यसरी बताउनुभयो ।
माडी वडा नम्बर ४ मा स्थायी घर हुनु भएका र हाल भरतपुर महानगरको विभिन्न क्षेत्रमा घर व्यबस्था कायम गरी आ आफ्नो व्यापार, व्यवसाय वा जागीर, कारोबार गर्नुभएका स्थानीयबासीहरूको आपसी सरसल्लाहबाट मिति २०७५ सालको शुभ दिपावली तथा (तिहार) को उपलक्ष्यमा देउसी भैलो खेली संकलन गरिएको ७ लाख ३५ हजार रुपैयाँलाई लगानी गर्ने मनसाय गर्दै माडी – ४ को खैरहनी र सित्तलपुरको दक्षिण, पूूर्वमा पर्ने रातोमाटे डाँडोलाई रेडहिलपार्कको नामाकरण गरी वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्रदीप महतो, माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहित त्यस क्षेत्रका बुद्धिजिबी, गन्यमान्य, स्थानीय जनसहभागितामा रेडहिलपार्कको सिलान्यास तथा साइनबोर्ड झुण्याएर शुभारम्भ गरिएको थियो । त्यसै देउसी भैलोबाट उठेको रकमलाई प्रयोग गरी रु. ८० हजार रुपैयाँ बराबरको लगानीमा इजिनियर समूहबाट स्टिमेटिङ्ग तथा साइट सर्वे गराइएको थियो भने बाँकी रकमबाट २ वटा पिकनिक स्पोर्ट÷टहरा बनाइएको थियो ।
त्यसैगरी वडाबाट पहिलो पटक परेको ४ लाख रुपैयाँ मध्येबाट रेडहिलपार्कको पश्चिमतर्पmबाट एकतास्तम्भ (सित्तलपुर) तर्पm जानेबाटो र पूर्वतर्पmबाट हरिहर मन्दिरको उत्तरपट्टी हँुदै महेश्वरी गङ्गा तथा छरछरेतर्पm जानेबाटोसम्म जे. सि. वि. को प्रयोग गरी बाटोको प्राथमिक काम गरिएको थियो । वडाको अर्को बजेटबाट परेको ७ लाखबाट ८ इन्चको पाइपबाट पानीतान्ने क्षमता भएको बोरिङ्ग हरिहर मन्दिर नजिक जडान गरी हरिहर मन्दिर क्षेत्रदेखि माथि रेडहिलपार्कसम्म पानी तान्ने, लैजाने व्यबस्था मिलाइएको छ । बागमती प्रदेश सरकारबाट पहिलो पटक परेको बजेट रु. ३० लाखबाट नेपालकै सबैभन्दा अग्लो ट्री भ्यु टावर (भ्यु टावरभित्र सालको रुख रहेको र सालको रुखको मुख्य आधारमा बनाइएको) ७० फिट अग्लो र सो बाट रेडहिल पार्कको मात्र नभएर माडीका सबैजसो भागको दृश्यावलोकन गर्न सकिने, सोमेश्वरगढीको उत्तरी÷पश्चिमी भाग, चितवन राष्ट्रिय निकुञ्जको दक्षिणीभाग र चुरे पर्वत श्रृङ्खला तथा हिमश्रृङ्खलाको पनि केही भागको दृश्यावलोकन गर्न सकिनेछ । प्रदेश सरकारबाट आएको ३० लाख बजेटमध्येबाट भ्यूटावर सहित ४ वटा ट्वाइलेट र बाथरुम समेत निर्माण गरिएको छ । सो बोरिङ्ग जडान कार्यमा लाग्ने जे सि वी लगायतका सबै कामहरू यसै बजेटको माध्ययबाट गराइएको थियो भने सोही बजेटबाट थ्रीफेस बिद्युत लाइनको जडान, ५ हजार लिटर क्षमताको पानी ट्याङ्की खरीद तथा जडान समेत गरिएको थियो ।
बागमती प्रदेश सरकारको बजेटबाट प्राप्त रकम रु. ४० लाख रुपैयाँबाट रेडहिल पार्कभित्र भएका ठाउँहरूलाई रमणीय तथा मनोरञ्जनात्मक, मनमोहक बनाउने कार्यव्रmम अन्तर्गत पूर्वतर्पmको दृश्यावलोकनको लागि गोलपार्क (सेफ्टी भ्यूटावर) सेल्फीस्टेसन रेलिङ्ग सहितको लगाइएको छ भने सोहीबजेटबाट चिल्ड्रन पार्क निर्माणार्थ ४ वटा चिप्लेटी, सानो खाले पीङ्गहरू ४ वटा बच्चाहरूको लागि र ठूला मानिसहरूको लागि मिल्ने १ वटा ठूलो खालको पिङ्ग समेत बनाइएको छ । सोही बजेटबाट रेडहिलपार्कको पश्चिमतर्पmको क्षेत्रमा (सित्तलपुरतर्पm) लभवर्ड पार्कमा (प्रेमिल जोडी संगमस्थलमा) २ वटा पिकनिक स्पोर्ट र १ वटा स्टोर रुमको समेत निर्माण गरिएको छ ।
हालै माडी – ४ वडाको बजृट मार्पmत परेको ५ लाख रुपैयाँ मध्येबाट रेडहिलपार्कको पश्चिमतर्पm एकतास्तम्भदेखि रेहहिलपार्कसम्म ग्राभेलिङ्ग गरी रेडहिलपार्कसम्मको बाटो निर्माण गरिएको समेत उहाँले बताउनु भयो । उहाँका अनुसार यस आर्थिकशत्रमा प्रदेश तथा स्थानीय सरकारबाट १ करोडसम्मको बजेट माग गरी रेडहिलपार्कको बिकास मात्र नगरी समग्र वडाकै बिकास गरी माडीभरका वडामा नमूना वडा बनाउन लागि वडा तथा नगरपालिकासँग समन्वय गरिने समेत बताउनु भयो । यस क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण स्थानीयबासी तथा पर्यटकहरुको लागि पनि यो क्षेत्रको विकास र रमणीय वातावरणमा रमाउन चाहने सबैको लागि आवश्यक संरक्षण हुनु पर्ने महसुस गर्दै अब छिट्टै नै समग्र क्षेत्र संरक्षणको जिम्मा दिने गरी योजना रहेको समेत बताउनुभयो ।
यस रेडहिलपार्कको आबधारणा सहितको संस्थापक समयको समितिको अध्यक्ष श्री माधब प्रसाद चापागाई हुनुहुन्थ्यो भने हालको रेडहिलपार्क निर्माण समितिको अध्यक्ष श्री गोकुलानन्द लामिछाने हुनुहुन्छ । नेपालमा पर्यटनका उदेश्यले पोखरा, काठमाण्डौंपछिको चितवनको नाम अगाडि आउने गर्दछ त्यसमा पनि सौराहा, मेघौली जस्ता ठाउँहरुको नाम समस्त देशबासीहरुमा तथा जनजनको मस्तिष्कमा बसी सबकेपनि अत्यन्तै रमणीय, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जङ्गली जनावरदेखि मानवीय बस्ती हँुदै भारतको सीमासम्म पैmलिएको सोमेश्वरगढीको काखमा रहेको माडी नगरपालिकामा रामजन्मभूमि अयोध्या, बैकुण्ठताल, पाँच पाण्डवहरुले गुप्तबास बसेको स्थान गोद्धकक्षेत्र लगायत एकतास्तम्भ,छरछरे शिवधान, रेडहिलपार्कसम्मका अति मनमोहक दृश्यले मनलाई आनन्दित पार्ने धार्मिक महत्व बोकेका र प्राकृतिक दृष्टिकोणले सँगै रमाइरहूँ जस्तो लाग्ने ठाउँहरुलेभरिपूर्ण भएको क्षेत्रभित्र पर्ने रेडहिलपार्कको भ्रमण तथा अवलोकन गर्न, पारिवारिक वा प्रेमिल जाडीहरू रम्नेस्थानको रुपमा वा समग्र सामाजिक भेला, मेलाका लागि पनि यो पार्कको भ्रमण गरेर यहाँको पिकनिक स्पोर्र्टमा पिकनिकको आनन्द लिदै, यहाँ रहेका, चिल्ड्रन पार्क, लभवर्डपार्क, सेल्फीस्टेसन, ट्री भ्यू टावर, गोलपार्क (सेफ्टी भ्यू टावर) समेतका ठाउँहरूको अनुपम आनन्द उठाउन समेत रेडहिलपार्क तथा यहाँका सम्पूर्ण समुदायहरूबाट अनुरोध गरिएको कुरा समेत हरि प्रसाद न्यौपानेले चिरफार अनलाइन खबर पत्रिकाका सम्वाददाता श्री पूर्ण चन्द्र चापागाईलाई बताउनुभयो ।