नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको बैठक तथा चुनावी कार्यविभाजन
मिति २०७९ आश्विन २६ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको बैठक सभापति श्री राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकबाट पारित एजेन्डा उपर छलफल गरि बिज्ञपति मार्फत आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचन-२०७९ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस समर्थित गठबन्धन दलका साझा उम्मेदवारहरुलाई बिजयी गराउन मातहातका सवै निकायहरुलाई सम्पूर्ण रुपले परिचालन गर्ने लगाएतका निर्णय गरिएको कुरा उक्त बिज्ञप्तिमा उल्लेख छ ।
१. आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कांग्रेस समर्थित गठबन्धन दलहरुका साझा उम्मेदवारहरुलाई विजयी गराउन नेपाली काङ्ग्रेसका जिल्ला सभापति श्री राजेश्वर खनालको संयोजकत्वमा १००१ सदस्यीय प्रचार-प्रसार मूल समिति गठन गर्ने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
२. आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारहरुलाई बिजयी गराउन गठबन्धनमा सहभागी दलहरुको तर्फबाट १/१ जना प्रतिनिधि रहने गरी क्षेत्रीय सुपेरिवेक्षण समिति गठन गर्ने जिल्ला स्थित गठबन्धन दलको संयन्त्रको निर्णय अनुसार सुपेरिवेक्षण समितिको संयोजक रहने गरी पार्टीको तर्फबाट निम्न व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गर्ने भन्ने जानकारी गराइएको छ ।
तपशिलः
क्षेत्र नं. १- श्री शेषनाथ अधिकारी, पूर्व पार्टी सभापति चितवन ।
क्षेत्र नं. २- श्री उमा रेग्मी, केन्द्रिय सदस्य नेपाली कांग्रेस ।
क्षेत्र नं. ३- श्री टेक प्रसाद गुरुङ, केन्द्रिय सदस्य नेपाली कांग्रेस ।
३. निर्वाचनका काम कार्वाहीहरुलाई चुस्त दुरुस्त र व्यवस्थित गर्नका लागि जिल्ला कार्यसमितिका सचिव श्री सूर्य अर्यालको संयोजकत्वमा निर्वाचन सचिवालय सञ्चालन गर्ने ।
४. आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा मातहातका निकायहरु (क्षेत्र,प्रदेशसभा र वडा) मा गठबन्धन दलको संयन्त्र निर्माण, व्यवस्थापन र परिचालन गर्नका लागि जिल्ला कार्यसमितिका सचिव श्री ध्रुवराज पोखरेललाई जिम्मेवारी दिने ।
५. जिल्लागत रुपमा निर्वाचनका काम कार्वाहीहरुको अनुगमन तथा मुल्याङ्कन गर्नका लागि सभापति श्री राजेश्वर खनालको संयोजकत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी सम्मिलित अनुगमन तथा मुल्याङ्कन समिति तयार गर्ने र जिल्ला कार्यसमितिका सदस्यहरुलाई सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको साथमा रही प्रचार प्रसारमा समन्वयकारी भुमिका निर्वाह गर्न परिचालन गर्ने ।
६. संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई व्यवस्थित र परिणाममुखी बनाउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न क्रमशः क्षेत्रिय कार्यसमिति र प्रदेश सभा कार्यसमितलाई निर्देशन गर्ने ।
७. स्थानिय निर्वाचन-०७९ का सन्दर्भमा पार्टीको निर्णय विपरित वागी उम्मेदवारलाई सहयोग र समर्थन गरेको आधारमा केन्द्रिय कार्यालयको परिपत्र अनुसार पार्टी सदस्यता निलम्वनमा पर्नुभएको तपशिल अनुसारका नेता साथीहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा प्रस्तुत गरिएको प्रस्ताव, विचार, विमर्श, छलफल एवम् तत् सम्बन्धि निर्णय र नेपाली कांग्रेस केन्द्रिय कार्यालयको परिपत्र अनुसार मुलुक, लोकतन्त्र र पार्टी हितलाई सर्वोपरी ठान्दै साविकको हैसियतमा नै रहेर पार्टीका क्रियाकलापहरुमा सहभागी हुन अनुरोध गर्ने ।
तपशिलः
-श्री भिमबहादुर श्रेष्ठ, पूर्व सांसद
-श्री शम्भु अर्याल, पूर्व अध्यक्ष नेपाल तरूण दल चितवन
-श्री आनन्द राउत, पूर्व सचिव नेपाल तरुण दल चितवन
-श्री सूर्य बस्नेत, क्षेत्रिय प्रतिनिधि नेपाली कांग्रेस
-श्री केशव पौडेल, कृयाशिल सदस्य नेपाली कांग्रेस
पार्टीको तर्फबाट उम्मेदवार चयन तथा गठबन्धनको विपक्षमा रहनुहुदै पार्टीको नीति नियम बिपरित आ आफ्नो तर्फबाट स्वतन्त्र वा पार्टीको बागीको रुपमा उम्मेदवार देशैभर धेरै जसो ठाउहरूमा दिएको पाइन्छ यसरी पार्टीले नियमसङ्गत रुपमा पार्टी संचालन नगर्नु वा पार्टी बिपरित आ आफ्ना अडान राख्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिने अवस्थाले समग्रमा पार्टी हितको बिपरित हुने देखिन्छ । केन्द्रिय पार्टी पङ्तिदेखी स्थानीय पार्टी पङ्तिसम्म पार्टीको बिधान अनुसार पार्टीलाई हाक्ने परिपाटी बसेमा मात्र समग्रमा त्यसको फाइदा देशका सिधासाधा जनतासम्म पुग्न सक्नेथियो र अन्त्यमा बि. पि. को सपना वा समाजवादको परिकल्पना अनुरुप देशलाई हाक्न सकिनेथियो जनताको आवश्यकता परिपूर्ति गर्नतर्फ राज्य लागेको भान हुनेथियो । हालको अवस्थालाई हेर्दा त लाग्छ राज्य भनेको जो सङ्ग धन सम्पत्ति छ बल तागत छ जो जसको पहुछ छ उनीहरुको लागि मात्र राज्यको कल्पना गरिएको हो । त्यसो नभै जो कमजोर छ, जो सङ्ग पहुच छैन, जसलाई सहयोगको खाचो छ । देश नीतिमा चलोस, भ्रष्टाचारको गन्धसम्म नाओस, कर्मचारीतन्त्र जनताको काममा ब्यस्त रहोस्, नेताहरू देश र जनताको नीति नियम बनाउन र त्यस अनुसारको काम भए नभएको अनुगमन मुल्यांकन गर्न सक्ने र त्यसका लागि मरिमेट्ने होउन् ।