मंसिर ४ मा हुने निर्वाचन आचारसहित समन्धि निर्देशन
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी ईकाईहरूमा कार्यरत प्र.क.हरूलाई मुख्य निर्वाचन अधिकृत माननीय न्यायाधिश रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी श्री अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्री नवराज अधिकारी तथा जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख श्री भिमसेन कार्कीद्धारा निर्वाचनमा सबैले पालना गर्नुपर्ने आचार संहिता, सुरक्षाकर्मी र कर्मचारीहरूले पालना गर्नु पर्ने आचार संहिता, भुमिका, जिम्मेवारी तथा दायित्व, सुरक्षा चुनौती, निर्वाचन कानुन र दण्ड सजायको सम्बन्धमा जानकारी तथा म्यादी प्रहरीको व्यवस्थापन, परिचालन, निर्वाचन आचार संहिता उल्लंघन भएमा कानुन बमोजिम कठोर रुपमा उपस्थित हुन निर्देशन दिनुका साथै अन्य समसामयिक विषयवस्तुहरूको सम्बन्धमा अनुशिक्षण कार्यक्रम गरिएको ।