उमेद्वारि मनाेनयन दर्ता पछि जनता लाई सम्बाेधन गर्नु हुँदै राज्यमन्त्रि उमेश श्रेष्ठ

Spread the love

चितवन भरतपुर क्षेत्र नं २ बाट संघिय सभासदकाे उमेद्वारि मनाेनयन गर्नु हुँदै प्रधानमन्त्रि मन्त्रि परिषद कार्यालयका राज्य मन्त्रि उमेश श्रेष्ठले जनतामा सम्बाेधन गर्नु हुदै गुणस्तरिय शिक्षा ,जनतामा पहुच पुग्ने गरि स्वास्थ, बाटाे, पुल, पर्यटन , बेराेजगार युवा युवती लाई सिपमुलक तालिम पछि राेजगारकाे ग्यारेन्टी साथै उद्योग कलकारखाना खाेलि बिराेजगारकाे अन्त्य गरिने बताउनु भयाे। शान्ति सुरक्षा कायम गरि भ्रष्टाचार उल्मुलन साथै कालाबजारिकाे अन्त्य, जवाफदेहिता प्रशासन शान्त समुन्नत समाज , कानुनि राज्यकाे प्रत्याभुति दिलाउने बताउनु भयाे । उहाँले यस अगावै काेरोनाकाे विश्व महामारि संकटमा स्वास्थ राज्य मन्त्रि हुदा जनतालाई काेरना बिरूद्द खाेप ल्याई मृत्युदर घटाई जनतालाई राहत महसुस गराउनु भएकाे थियो ।त्यहि खाेपकाे कारणले नेपालिकाे जनजिविकामा हर्ष र उल्लास आएकाे छ। अहिले हामिले उहाँकाे गुनका बदला सेवा मुखि नेतालाई जिताई पठाउनु पर्छ जनताकाे भनाई छ ।