वडा स्तरीय हाजिरी जबाफ प्रतियोगिता सिर्जन्शील टोल बिकास सस्था तोरीखेतले आयोजना गर्दै

Spread the love

भरतपुर महानगरपालिका वडा नम्बर ५ को सिर्जनशील टोल बिकास सस्थाले यही २०८९ कार्तिक ०५ गते शनिबारका दिन बिहान ११:०० बाट होटल डबका हाइट सीताराम चोकमा भरतपुर महानगरपालिका वडा नम्बर ५ भित्रका कक्षा १० सम्म अध्ययनरत छात्र-छात्राहरूलाई अन्तरटोल बिकास सस्थाहरू बीच पारस्परिक सम्बन्ध बिस्तार तथा सुधारका लागि साथै वडाभित्रका बिद्यार्थीहरू बीच सुमधुर सम्बन्ध बिस्तार गरि उनीहरूको ज्ञान, सीप र बौद्धिक बिकासका लागि हाजिरी जबाफ प्रतियोगिता आयोजना गरेको कुरा सस्थाका अध्यक्ष श्री नेत्र नारायण आचार्यले बताउनुभयो । उहाका अनुसार प्रत्येक टोलबाट १/१ टिमले सहभागिता गराउन सक्नेछन् वडा नम्बर ५ भित्र रहेका २९ वटै टोल बिकास सस्थाले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रत्येक ३ सदस्यीय टीममा एकजना छात्रा अनिवार्य हुनुपर्नेछ । सहभागीहरू कक्षा १० सम्म अध्ययनरत हुनुपर्नेछ ।सहभागीको बारेमा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ । टिमको दर्ता शुल्क रू. १०००/- लाग्नेछ । प्रथम हुनेलाई १५,०००/- सिल्ड तथा प्रमाणपत्र, द्वितीय हुनेलाई १०,०००/- सिल्ड तथा प्रमाणपत्र , तृतीय हुनेलाई ५,०००/- सिल्ड तथा प्रमाणपत्र र सान्त्वना पुरस्कार रु. ३,०००/- सिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै सहभागी टोल बिकास सस्थाहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ । उक्त हाजिरी जबाफ प्रतियोगितामा सहभागी हुनको लागि असोज ३० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने छ ।
सिर्जनशील टोल बिकास सस्थाले बेल बेलामा सर सफाइ कार्यक्रम, डट्बिन बितरण कार्यक्रम, वातावरण संरक्षणको लागि बिरुवा बितरण कार्यक्रम, रेडक्रससङ्ग सहकार्य गर्दै रक्तदान कार्यक्रम, इन्डक्सन चुल्हो बितरण कार्यक्रम लगायत टोलमा आइपर्ने बिजुली बत्ति, पानी लगायतका हरेक समस्याको समाधानमा प्रमुख अभिभावकत्वको निर्वाह गर्दै आएको छ । हालको राश्टृय संघीय संरचनामा टोल किकास सस्थालाई एक जिम्मेवार तल्लो तहको सरकारको तहगत प्रणालीको पहिलो निकायको रुपमा जिम्मेवारी विकसित गर्न खोजे जस्तो देखिएपनी यसको अधिकारहरू ब्यबस्थित गरेको पाईदैन । यसको आफैमा कुनै निर्णय लिन सक्ने अधिकारहरू पाईदैन यसले वडस्तरीय स्थानीय सरकारको एक खम्बाको रुपमा काम गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *