Uncategorized

दाहालले चितवन छाड्नै पर्ने प्रमुख २ कारण

Spread the love

दाहालले चितवन छाडनै पर्ने प्रमुख २ कारण (१) सभापति देउवाकाे अपरिपक्व र अदुरदर्शि निर्णय (२) माओवादीकाे हेपाह र पेलाहा नीति।।नेपालकाे प्रत्येक लाेकतान्त्रिक
आन्दोलनकाे अगुवा चितवन र चितवन कांग्रेसकाे याेगदान लाई शेरबहादुर देउवाले कहिल्यै सम्मान र कदर गर्न चाहेनन् दर्जनौं सहिदहरु उत्पादन गरेकाे कांग्रेस र सयाै याेद्धाहरुलाई उपेक्षा गर्दै कुनै याेगदान नभएका केही झुन्ड अवसरवादी व्यक्तिहरुलाई राजनीतिक पदकाे महत्त्वपूर्ण आसनमा स्थापित गरेर उनले स्वतन्त्रता,समानता र लाेकतन्त्रका लागि याेगदान गरेका साथीहरूकाे पार्टी भित्र र वाहिर तेजाेवत गरिरहे जसकाे प्रत्यक्ष असर थला परेकी गाैमाता जस्तै चितवन कांग्रेसको संगठनमा परेकाे छ।संगठनकाे मेरुदण्डको रुपमा रहेको शिवनगर,गितानगर, गुन्जानगर,शारदानगर लगायतका स्थानहरुलाई कब्जा गर्ने माओवादीहरुकाे रणनीतिक चाललाई देउवाले कहिल्यै बुझ्न सकेनन् पटकपटक चितवन क्षेत्र नं ३ काे राजनीतिकाे चावी माओवादी अध्यक्षलाई सुम्पिरहे फलतः स्थानीय निर्वाचनमा (भ म न पा) नेपाली कांग्रेसका साथीहरू विभाजित हुन पुगे।अर्कोतर्फ माओवादी अध्यक्षले देउवा र उनी निकटका केही मानिसलाई साथ लिएर नेपाली कांग्रेस चितवन माथि हेपाह र पेलाह नीति लिए लाेकतन्त्रका धराेहर कांग्रेसका सदस्यहरुकाे अस्तित्व माथि पटकपटक धावा बाेली रहे,अर्कोकाे घर जलाएर आगाे ताप्ने उनकाे गलत प्रवृत्तिकाे एकदिन पर्दा फास हुन्छ भन्ने उनले कहिल्यै अनुमान गर्न सकेनन् यसबाट कुद्ध भएका गठवन्धनका मुख्य साझेदार नेपाली कांग्रेसमा देखिएको तीव्र असन्तुष्टि,एमाले,रा प्र पा र राष्ट्रिय स्वतन्त्र पार्टी समेतकाे आफू उपर हुन सक्ने संयुक्त प्रहारकाे आंकलन गर्दै दाहालले चितवन क्षेत्र नं ३ छाडेर गाेरखा २ बाट प्रतिनिधि सभाकाे आफ्नो उम्मेदवार दिदै छन् ।उनले गत स्थानीय निर्वाचनमा भरतपुर म न पा आफ्नी पुत्री लाई उम्मेदवार नबनाई नेपाली कांग्रेसलाई मेयर र माओवादीलाई उप-मेयरमा उम्मेदवार बनाई विस्तृत शान्ति सम्झौताको हस्तान्तरण कर्ता गिरिजा बाबू र आफू भएकोले गिरिजाप्रसादकाे संकल्प पूरा गर्दै संविधानकाे रक्षा गर्ने दायित्व कांग्रेससंग मिलेर आफ्नो हुने अभिव्यक्ति २।४ स्थानमा दिएको भए आज याे दिन माओवादी अध्यक्षका लागि आउने थिएनन् भन्ने मेराे विश्लेषण रहेकाे छ।।
उद्दब लोहनी
(लेखक तथापि बिश्लेशक अधिबक्ता तथ नेपाली काङ्ग्रेसका नेता हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *