नेपलि काँग्रेसमा चुनाबि एजेन्डा हराएकाे हाे त ?

Spread the love

होइन नेपाली कांग्रेस केको आधारमा संघीय र प्रदेशको चुनावमा जाँदै छ ? न नीति कार्यक्रम, न नेतृत्व, न विधान कार्यान्वयन, न कार्यकर्ताको मूल्यांकन जनताको बीचमा भोट माग्न जाँदै छ । बीपी कोइरालाको भजन गरेर मात्र पुग्दैन । व्यवहारमा ल्याउनु पर्‍यो । अहिलेको युवाको चाहनालाई खोइ सम्बोधन गरेको ? त्यस्तै भातृ संगठन र शुभेच्छुक संगठनलाई न पूर्णता दिइएको छ न तिनमा वर्गिय चरित्रको काम गर्ने ल्याकत नै छ । न नेविसंघ बिद्यार्थी, शिक्षकको र शिक्षाको, न महिला संघ महिलाको सशक्तिकरणको, न तरुणदल युवाको सशक्तिकरणको, न प्राध्यापकसँघ उच्च शिक्षाको उन्नतिको कार्यमा लागेको देखिन्छ । ठूला ठूला कुरा गरेर भाषण गरेर कोही आकर्षित हुने वाला छैन । ति लक्षित वर्गको लागि केही नयाँ सोच र कार्यक्रम ल्याउनु पर्दछ । प्रविधिको विकासमा फड्काे मारिसकेकाे छ । ६० लाख युवा कामको खोजीमा विदेशमा जान बाध्य छन् । कोहि पनि व्यक्ति आफ्नो जन्मभूमि छोडेर अर्काको भूमिमा काम गर्न रहरले जाँदैन । यथोचित बन्दोबस्त र पर्याप्त रोजगार भएको भए किन जान्थे विदेश । ती विदेशिने युवाको रोजगारीको लागि कुनै ठोस कार्यक्रम छ ? यति सुन्दर प्रकृति र संस्कृति भएको देश संसारमा कहीं छैन । मात्र राजनीतिक नेतृत्वको कमजोरीको कारण देशको यस्तो दुर्दशा भएको हो ।

जय नेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *