कर्मथलाे गिरूवारी
मध्येबिन्दु भई बग्ने याे गिरूवारी खाेलाे,
यही खाेलाकाे वरिपरि मेराे बाल्य थलाे ।
मेराे गाउँ खेतको बीचमा पर्दछ याे खाेलाे,
यही खाेलाले गर्छ सधैं मेराे गाउँकाे भलाे ।।
नरिसाउँदा फाँटलाई यसले सिंचित गर्ने,
रिसायमा ढुँगा गिट्टी खेतभरी भर्ने ।
साह्रै जाेरि खाेज्याे भने मान्छे पनि मार्ने,
हिड्ने बाटो साघुर्याउँदा खेतबारी झार्ने ।।
सम्झना छ बाढी अाउदा यसले बगाएको,
सधैं मैले सम्झीरन्छु गर्मी भगायकाे ।
वारिपारि गर्नलाई डुँगा मगायकाे,
खाेलाकाे छेउमा बस्नेलाई यसले बगाएको ।।
ढुंगा मात्र होइन यसले गिट्टी बालुवा नि,
यस्कै जलले ल्याउछ बाेटमा नयाँ पालुवा नि ।
पाँगाे माटो ल्याई खेत मलिलो बनाउनि,
किसानकाे मेहनतलाई पेटमा पुर्यउनि ।।
श्रावणमा पूरा खेत हरियो बनाउने,
अाश्विनमा त्यै फाँटलाई सुनाैलाे बनाउने ।
त्यै फाँटका उब्जनीले हामी रमाउने,
मुख्य स्रोत यही नै हाे गाउँले कमाउने ।। ।।