मानव अधिकार तथा शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय अहिंसा दिवस
अन्तर्राष्ट्रिय अहिंसा दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले असोज १६ गते बेलुका ६ बजे भरतपुरकाे चाैविसकाेठिमा दिप प्रज्वलन कार्यक्रम गरि सम्पन्न ।
उक्त कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्ब अध्यक्ष डा. गङ्गाधर अधिकारीले हिंसा भन्नाले काटमार गर्नु मात्र भन्ने अर्थमा नबुझी बोली तथा व्यबहारबाट पनि हिंसा हुनसक्छ त्यसकारण मानव जीवनमा गरिने हरेक प्रकारका काम व्यबहारलाई आत्मैदेखि म हिंसा गर्दिन भनी कार्यान्वयनमा ल्याउन सक्ने मन, वचन र कर्मले म हिंसा गर्दिन भन्ने खालको सम्योगको मिलान नै अहिंसा हो भन्ने बुझ्नुपर्छ भन्नुभएको थियो । मानिसले अरुको हक र अधिकार संरक्षणको लागि आफ्नो हक अधिकारको तिलान्जली दिन सक्ने वातावरण सृजना गर्दै भारतका राजनेता महात्मा गान्धीले देखाएको बाटोमा हिड्नसक्ने वातावरण बनाउन सकेमात्र वास्तविक अहिंसा रुपलाई बुझ्न सकिन्छ पनि भन्नुभयो । अन्तर्राष्ट्रिय जगतमा महात्मा गान्धीको सम्झनामा उहाको जन्मदिन हरेक अक्टोबर ०२ तारेखमा अन्तरास्ट्रिय अहिंसा दिवस मनाउने निर्णय गरेर अन्तरास्ट्रिय जगतले एउटा राम्रो सन्देश दिन खोजेको छ ।
दिप प्रज्वलन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल , पुर्ब केन्द्रिय सभापति डा. गङ्गाधर अधिकारी , काहु राष्ट्रका कार्यवाहक केन्द्रीय अध्यक्ष बिनाेद खण्ड तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियाे । मानव अधिकार तथा शान्ती समाज जिल्ला कार्यसमितिका सहसचिव संसार चन्द्र न्योपाने , सदस्य खेमराज अधिकारी , रीतु न्योपाने , सुशील राना , झलक प्रसाद अधिकारी , कार्यक्रम संयोजक पुर्ण चन्द्र चापागाईं , आजिवन सदस्य यमुना कंडेल प्रेस सेन्टर नवलपुरका अध्यक्ष तथा पुर्ब शाखा उपसभापति , भुमिश्वर शर्मा , भगवती भुषाल , कुलानन्द भुषाल , सीता न्याैपाने , रुबिसा काेइराला , सिर्जना डल्लाकाेटि , रामकृष्ण श्रेष्ठ , अनन्या के सि लगायतको उपस्थिति रहेकाे थियाे । उपस्थित महानुभावहरुलाई स्वागत गर्दै शाखाका सचिव जीवन के सी ले सहजिकरण गर्नुभएको कार्यक्रममा काहु राष्ट्रका कार्यवाहक अध्यक्ष बिनाेद खण्ड तिमिल्सिना , संस्थापक केन्द्रीय सदस्य कृष्ण कंडेलले शुभकामना मन्तब्य ब्यक्त राख्नुभएको थियाे भने पुर्व केन्द्रीय सभापति डा. गङ्गाधर अधिकारीले संयुुक्त राष्ट्र संघले महात्मा गान्धीकाे जन्मदिन October 2 लाई अन्तर्राष्ट्रिय अहिंसा दिवस घाेषणा गरेको जानकारि दिदैं हामिले कहिल्यै पनि हिंसाकाे बाटाे अपनाउनु हुदैन , हिंसाबाट समस्याकाे समाधान हुदैन भन्दै आफ्नो मन्तब्य राख्नुभएको थियाे । कार्यक्रमकाे अन्त्यमा चितवन शाखाका सभापति शम्भु राउतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियाे भने यस्तै नवलपुर शाखाले पनि गैंडाकोटमा दीप प्रज्जलन सम्पन्न गरेको छ।
प्रायजसो दशैको नजिक पार्ने अहिंसा दिवसले पशुबलीलाई मात्र निरुत्साहित गर्न खोजेको त होइन भन्ने जस्तो जनमानसमा शंका पैदा हुनसक्छ तर अहिंसा दिवसले समजमा भए गरेका कुनै पनि दुर्व्यवहार, दुस्कर्म, मन, वचन वा कर्मले व्यबहारमा नदेखियोस भन्ने हो यसमा कुनै पनि किसिमको हिंसालाई निरुत्साहित गर्न खोजिएको हो भनि बुझ्नु जरुरी छ ।