मानव अधिकार तथा शान्ति समाज नवलपुरमा भानुभक्त रिमाल सभापतिमा निर्वाचित
११सदस्यीय नयाँ नेतृत्व चयन गर्दै मानव अधिकार तथा शान्ति समाज नवलपुर शाखाले आफ्नो २२ औं साधारणसभा गैंडाकोटमा सम्पन्न भएको छ।
समाजले जिल्ला सभापतिमा भानुभक्त रिमाल , उपसभापति मुना कुमारी धनञ्जय , सचिव कमल शर्मा , काेषाध्यक्ष शशिधर न्यौपाने , सहसचिव दया प्रसाद रेग्मी लगाएत अन्य सदस्यलाई सर्बसम्मत चयन गरेको हो ।
शाखाका अध्यक्ष सुरेन्द्र राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरका प्रमुख मदनभक्त अधिकारी रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका पूर्ब अध्यक्ष डा: गङ्गाधर अधिकारी , समाजका केन्द्रिय साचिब बाबुहरी आचार्य , समाजका केन्द्रिय सदस्य माधब प्रसाद गौतम , समाजकै पुर्व केन्द्रिय सचीव राजेन्द्र पौडेल , पुर्व जिल्ला सभापती रामहरी शर्मा लगाएत नेपाली काङ्ग्रेस नगर सभापती बद्री सापकोटा , नेकपा एमाले नगर अध्यक्ष षडानन्द लामिछाने , नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय सभापति गोपाल सापकोटा , प्राध्यापक डा: मतिप्रसाद ढकाल र प्राध्यापक दीपेन्द्र पौडेल, मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, सह सचिब सन्सार चन्द्र न्यौपाने, आजिवन सदस्य श्री पूर्ण चन्द्र चापागाईं लगाएत अन्य अतिथी हरु रहेका थिए ।
शाखाका निवर्तमान उपसभापति देबराज भट्टराई को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिब भानुभक्त रिमालले गरेका थिए।
मानव अधिकार तथा शान्ति समाजले आउदो पुसमा हुन गईरहेको केन्द्रीय परिशद बैठक तथा साधारणसभाको तयारी समेत समाजका सम्पूर्ण शाखाहरूको साधारणसभा सम्पन्न गराउदै पूर्णतातर्फ अग्रसर भईरहेको छ । देशैभएबाट विभिन्न अभियानहरू एकैसाथ गर्दै आएको मानव अधिकार तथा शान्ति समाजले लोकतन्त्र स्थापना कालमा खेलेको भूमिकालाई आत्मसात गर्दै समाजले उत्तरदायी सरकार, बिकासवादी राजनीति, उद्दमवादी समाजको उदेश्य पूरा गराउन सरकारलाई आवश्यक पर्ने सल्लाह सुझाव तथा आवश्यक पर्दा दबाबमूलक कार्यक्रम मार्फत सरकारको दायित्वलाई पूरा गराउनेतर्फ र जनताका आवस्यकता र चाहानालाई पूरा गराउनेतर्फ सधैं तत्पर रहेको देख्न सकिन्छ । राश्ट्रीय सरकारको कामलाई मात्र नहेरेर समग्र बिश्व परिस्थितिबाट सृजित मानव अधिकार तथा शान्तिप्रती आउन सक्ने आचको मूल्यांकन गर्दै र त्यस्तो अबस्था आइ नै सकेको अबस्थामा त्यसको निराकरणको लागि दबाबमूलक कार्यक्रमहरू पनि गर्दै आएको छ ।