मानव अधिकार तथा शान्ति समाज चितवनले मनायो जेष्ठ नागरिक दिवस

Spread the love

जेष्ठ नागरिक दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको रोटरी करुणालय बृद्धआश्रममा रहेका ९५ जना जेष्ठ नागरिकहरुलाइ मानव अधिकार तथा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल , पुर्ब केन्द्रिय सभापति गङ्गाधर अधिकारीको विशेष उपस्थितिमा जेष्ठ नागरिकहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमितिका सभापति शम्भु राउत , सचीव जिवन के सि , कोषाध्यक्ष तारा पौडेल , सहसचिव संसार चन्द्र न्योपाने , सदस्य रबिन खतिवडा , रीतु न्योपाने ,सुप्रीया सापकोटा सुशील राना , झलक प्रसाद अधिकारी , राजेन्द्र प्रसार वाग्ले , खेमराज अधिकारि , मधु आचार्य , कार्यक्रम संयोजक पुर्ण चन्द्र चापागाईंबाट कार्यक्रमको खर्च जुटाइएको थियो।आजिवन सदस्य मिठु गौतम आजिवन सदस्य यमुना कंडेल कमल कंडेल सबिता कंडेल ओजस्वी कंडेल ,ज्ञानु आचार्यको उपस्थिति थियो।
मानव अधिकार तथा शान्ति समाजले बर्शैभरी केन्द्रीय कार्यालयबाट तोकिएको दिवसहरूमा समाजको सुधारको रुपमा मानवता, शान्ति, अहिन्सा, जलवायु संरक्षण, मदिरा तथा मध्यपानका विरुद्धमा विभिन्न अभियानहरू चलाउदै आएको छ त्यसै अनुरुप आजको जेश्ठ नागरिक दिवस पनि क्यालेन्डर अनुसार चलेको कार्यक्रम हो । सस्थाको नियम अनुसार सस्थाकै सदस्यहरूबाट आर्थिक संकलन गरि मानव सेवामा लगाउने प्रयत्न गरिएको हो ।
मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रमहरू सान्केतिक रुपमा गरेर समाजलाई मार्ग दर्शन गर्ने प्रयत्न पनि गर्दै आएको छ । यसै गरि प्रत्येक सस्था वा ब्यक्तिले मानवीय धर्म निभाउन सकेमा मात्र पनि अहिलेको वर्तमान अबस्थामा चली आएको भ्रष्टाचार, बेथिति, बिसङ्गतिको मात्रात्मक सङ्ख्या क्रमीक रुपले घट्दै जाने आशा गर्न सकिने थियो । सस्थापक सभापति कृष्ण पहाडीबाट बारम्बार नेपालभरका शाखाहरूबाट असल तथा समाजलाई असलबाटोमा लैजान सक्ने खालका कार्यक्रम हुँदै जान सकोस् भन्नेमा सधैं चनाखो रही आउनुभएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *