विश्व परिवेशसमाचार

चितवन जिल्ला निर्वाचन अधिकृतको लक्षित भेटघाट महानगरपालिकामा

Spread the love

जिल्ला अदालत चितवनका १ नम्बर न्यायाधीश श्री रितेन्द्र थापा ज्यु र भरतपुर महानगरका प्रमुख श्री रेणु दाहाल र उप प्रमुख आदरणीय चित्रसेन अधिकारी ज्यु बीच आज शुक्रबार महानगरका प्रमुख तथा उप प्रमुखको कार्यकक्षमा भेटघाट तथा समसामयिक बिषयमा गहन छलफल भएको छ । भेटका क्रममा आसन्न निर्वाचन, न्यायीक समितिको अनुगमन, न्यायीक समितिले न्यायीक सम्पादनको क्रममा हाल सम्म गरेका कामकारबाहीको बारेमा समेत छलफल भएको छ ।

आगामी मसिर ४ मा हुने निर्वाचनलाई लक्ष्यित गरि भोलि शनिबारदेखि भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यलय खुल्ने भएको छ । कार्यलयको मुख्य निर्वाचन अधिकृतको रुपमा चितवन जिल्ला अदालतका मुख्य एक नम्बर न्यायाधीश श्री रितेन्द्र थापा रहनु हुने छ ।
उक्त छलफलमा आउदो मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघतर्फको प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष र समानुपातिक गरि निर्वाचन हुन गईरहेको छ । चितवन जिल्ला यसै पनि देशका राश्ट्रीयस्तरका नेताहरू पुष्प कमल दाहाल (प्रचण्ड), सुरेन्द्र पाण्डे, उमेश श्रेष्ठ, बिक्रम पाण्डे लगायतका नेताहरूको उम्मेद्बारीको चर्चाको शीखरमा चुनावी माहोल तात्दै गएको देख्न सकिन्छ । यस्तो परिस्थितिमा आउँदा दिनमा चुनावको कारण वा अन्य कुनै कारणले जिल्लाभर कुनै किसिमका अशान्ति नहुन, जनताले भयरहित तरिकाले कसैको डर,धाक, धम्की रहित वातावरणमा आ आफ्नो हक अधिकारको प्रयोग गर्न सकुन् । राज्यले चाहेको नेतृत्व प्राप्त गर्न सकोस्, चुनाव पश्चात् देशले बिकास र समृद्धिको दिशामा लाग्न सकोस् भन्ने देशबासीको चाहाना रहेको छ । लोकतान्त्रिक ब्यबस्था पछि समाजवाद उन्मुख राज्यको कल्पना गरिएपनी ब्यबहारत त्यस्तो हुन सकेको पाइदैन । देशमा ब्यब्त भ्रष्टाचार, बेथिति, बिसङ्गतिको अन्त्य गर्न सक्ने होनहार नेताको पर्खाइमा देश व्यग्र प्रतीक्षामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *