उद्यमशिलता तालिम सम्पन्न
लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र त्रिपुरेस्वर द्वारा आयाेजित उद्ममसिलता तालिम सम्पन्न भएकाे छ। ७ दिन सम्म चलेकाे तालिममा उद्योग कसरी र कहा दर्ता गर्ने, कामदार कसरी ब्यवस्थापन गर्ने, लेखा कसरी राख्ने, उद्योग कसरी चलाउने, उद्योग चलाउदा गुणस्तर प्रमाण पत्र कसरी लिने ,जाेखिम आउदा कसरी ब्यावस्थापन गर्ने, बैक ऋण कसरी लिने तथा उद्योग संचालन गर्नकाे लागि आवस्यक सम्पुर्ण तालिम सिकाइएकाे थियाे ।उक्त कार्यक्रममा समापन समाराेहमा सम्बाेधन गर्दै तालिम अधिकृत लक्ष्मि श्रेष्ठबाट उद्योग गर्न चाहनेकाे लागि यस प्रवर्धन केन्द्रले सक्दाे सहयाेग गर्ने बताउनु भयाे भने तालिम बिभाग प्रमुख सि डि ई अमित आचार्यले तालिममा सिकेकाे सिपलाई ब्यवहारमा लागू गर्न अनुराेध गर्नु भयाे । लघु घरेलु तथा प्रवर्धन केन्द्रका प्रमुख बिण्णु प्रसाद भुसाले तालिमका सहभागिहरू लाई समापनका क्रममा सम्बाेधन गर्दै तालिमका सहभागी ग्रुपमा मिलि संगठित भै काम गर्न सके लक्ष्य प्राप्त गर्न धेरै समय नलाग्ने एकआपसमा उत्पादन गरेकाे समाग्रि गुप सबै मिलि बजार प्रतिस्पर्धा गर्न सजिलाे हुने उघाेग गर्ने हरूकाे लागि लघु घरेलु सदैव सहयाेग गर्न लागि पर्ने र सबै तालिम सहभागीहरुलाइ उघाेग गर्न मनाेबल कमजाेर नगरि अगाडि बढ्न प्रेरणा दिनुभयाे। कार्यक्रम लघु घरेलु कार्यलय प्रमुख विष्णुप्रसाद भुसालकाे सभापतित्त्वमा समापन भएको थियो।