त्यागी नेता- स्व. शेर बहादुर लामालाई सम्झदा
इस्वि सम्वत 1989 भदौ ११ गते बुवा धनबहादुर लामा र आमा कान्छी लामाको दुई छोरा तीन छोरी मध्य वहाँ कान्छो छोरा हुनुहुन्थ्यो । वहाको जन्म साबिक कविलास गा. वि. स . वार्ड न. ९ हाडी गाउँ र हाल भरत्पुर महानगरपालिका २९ मा भएको थियो। वहाको वाल्यकाल आफ्नै पुर्खेउली थलोमा बित्यो। बिस्तारै उमेर बढेसङै १९ बर्षको उमेरमा वहाको विवाह भएको थियो।
विवाहसङै १ छोराको जन्म भए सङै विधिको बिडम्बना वहाको जिवनसंगिनीलाइ दैवले चुडेर लग्यो ।आफ्नो छोरा सासुआमालाइ जिम्मा लगायर सन् २०१० मा भारतिय सेनामा २१ बर्षको उमेरमा भर्ती हुनुभयोभने बिदामा नेपाल फर्की ३ बर्षको अन्तरालमा दोस्रो बिहे मायारानिसङ भयो र मायारानीबाट ५ छोरा तथा १ छोरीको जन्म भयो । हाल वहाका ५ छोरा बुहारी तथा १ छोरी ,४ नाति , ९ नातिनी, ५ पनाति , ५ पनातिनीहरु छन । १८ बर्षको निरन्तर सेवा पछि २०३१ सालदेखि निबृत्त जीवन बिताइरहनु भएको थियो।साथसाथै कविलास देखि भरतपुर ११ लामाटोलमा बसाइसरी स्थाइ रुपमा बस्दै आइरहनु भए को थियो। सोहि बेलामा लामाटोल्मा बाटो , बिजुली , खानेपानी जस्ता आधारभुत वस्तुहरुको लागि मानिसहरुले धेरै दु:ख झेल्नुपरेको थियो। वहाँ यस क्षेत्रमा आउनासाथ राजनिती र सामाजिक दुवै कामलाइ आफ्नो जिम्वेवारी सम्झेर जुट्नुभएको थियो।वहाको सोही कामको मुल्यांकनगरि गाउपन्चायतले समेत सल्लहाकार सदस्यमा राखेको थियो।आफ्नो गाउमा बाटो , बिजुलीबत्ती, खानेपानीको लागि बजेट ल्याउनु भइ बिकाश निर्माणका लागी अनवरत रुपले लागि पर्नुभयो। टोलटोलमा गएर पार्टी विस्तारको लागी अग्रसर हुनु भयो। वहाले गरिविको रेखामुनी रहेका विपन्न व्यक्तिहरुको लागि हरपल सेवा तथा सहयोग गर्नुहुन्थ्यो।सामाजिक कार्यसङै वहाँ ३ पटक सम्म नेपाली काङ्ग्रेस वार्ड सभापतिमा रहेर आफ्नो पार्टीलाई थप मज्बुत बनाउनुभएको थियो।वहालाइ भरतपुर ११ मै नेपाली काङ्ग्रेस पार्टी कार्यालयको आफ्नै भवन बनाउने तिब्र इच्छासङै उक्त भवन निर्माणका लागि दानबीर आमा मैयादेवी श्रेष्ठसङ जग्गाको माग समेत गर्नुभयेको थियो र सोही बमोजिम जग्गा दिने वचन बद्दता समेत भैसकेको थियो। कसैसँग बोल्न नडराउने तथा आजको काम आजै हुनुपर्छ भोलि लाई कुर्ने होइन भन्ने स्वभावका वहाँ२०४६ को आन्दोलनमा पनि निक्कै सशक्त रुपमा लाग्नुभएको थियो।वहाँले आफ्नो जिवनकालमा अन्य थुप्रै संघसंस्थामा रहि सेवा प्रदान गर्नुभयेको कुरा आजसम्म नै ताजकी रहेकै छन।वहाँ लामाटोल टोलविकाश संस्थाका संस्थापक अध्यक्षसमेत रही टोलवासीलाई सेवा प्रदान गर्नु भएको थियो।त्यस्तै गरि छेज्यु थर्पालिङ गुम्बाका संस्थापक सद्स्य , राष्ट्रिय आधारभुत विद्यालयका पुर्व अध्यक्ष तथा नेपाल तामाङ घेटुङ का सदस्य समेत रहनुभएको थियो।
त्यसै गरि २०६१ पौष २० गते नेपाली काङ्ग्रेस केन्द्रिय सभापती स्व. गिरिजा प्रसाद कोइराला ज्युको हातबाट वहाले पार्टीलाई जिवन्तता प्रदान गर्न पुर्याउनुभयको अनुकरणीय र अतुलनिय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान पत्र समेत ग्रहण गर्नुभएको थियो।त्यसै गरि २०७३ जेष्ठ १ गते महामन्त्री कृष्ण प्रसाद सिटौला ज्यु बाट पनि नेपाली काङ्ग्रेसमा पुर्याउनु भएको सामाजिक आर्थिक यवम राजनैतिक योगदानको उच्च मुल्यांकन गर्दै कदर स्वरुप सम्मान पत्र ग्रहण गर्नुभएको थियो। त्यसपछि पनि पार्टीलाई थप मज्बुत बनाउने तिब्र इच्छा हुदाहुदै पनि समय तथा उमेरले गर्दा होला वहालाई सुगर प्रेसर सङै प्यारालाइसिस अवस्थामा ५ बर्ष सम्म थला पार्यो । दैवको खेल कसले पो टार्न सक्दोरहेछ र आखिर जति नै कोशीस गरेपनी वहाँलाई बचाउन सकिएन । मिति २०७८ भाद्र ३ गते बिहान करिव ९:३० बजे वहाको आफ्नै निवासमा देहावसान भयो । वहाको पार्थिक शरिरलाई नेपाली काङ्ग्रेस केन्द्रीय महामन्त्री डा. शशांक कोइराला , पार्टी जिल्ला सभापति जितनारायण श्रेष्ठ ज्यु बाट पार्टीको झन्डा ओढाउनु भइ सम्मान गरिएको थियो ।उक्त शोक सभामा पुर्व जिल्ला सभापति टेक प्रसाद गुरुङ , जिल्ला सचिव उत्तम जोशी , महासमिति सदस्य प्रकश अधिकारि वडा सभापति अमर बहादुर लामा लगाएत अन्य नेता गणहरुको वाक्लो उपस्थिती थियो ।यसरी वहाँ हामिबाट सधैका लागि अस्ताउनु भय ता पनि वहाले गर्नुभएको योग्दानको हामी सधै कदर गर्ने छौं ।
अन्त्यमा , नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा स्व. शेर बहादुर लामा जस्तै सन्त , त्यागी , तथा आफ्ना कार्यकर्ताको चिन्तन गर्ने नेताको खोजी गर्नु जरुरी देखिन्छ । वहाँको स्वर्गमा वास होस वहाको दिवङत आत्माको चिर शान्तिको कामना गर्दछौं ।
देशलाई यस्तै नेताको जरुरत छ।
तर यहाँ स्वर्थी मात्र हुन लागे।
निस्वार्थ भावना भएकालाई टिक्नै दिदैनन