४३ औ बिश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगर द्वारा बिबिध कार्यक्रम

Spread the love

४३ औ बिश्व पर्यटन दिवसको अवसरमा भरतपुर महानगरले भरतपुर देखि बीस हजारी तालसम्म साइकल यात्रा गरेको छ । सेप्टेम्बर २७ तारिखलाइ बिश्व पर्यटन दिवसको रुपमा मनाउने गरिदै आइएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन सङ्गठनको स्थापनासँगै उक्त दिनको सम्झनामा सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सेप्टेम्बर २७ लाई महानगरले रामसार सुचिमा सुचिकृत भरतपुरको बीस हजारी ताल सम्मको साइकल यात्रा गरेको हो ।
यस बर्षको नारा “पर्यटनलाई पुर्ण बिचार”भन्ने रहेको छ ।
कार्यक्रममा बोल्दै उप प्रमुख चित्रसेन अधिकारी ज्यु ले २००३ सालमा रामसार सुचीमा सुचिकृत भएको बीस हजारी ताल चितवनको मात्रै गहना नभएर बिश्व कै बहुमुल्य सम्पत्ति भएको बताउनु भयो ।
उहाँले बीस हजारी तालको सरक्षणमा जुट्न सबैमा आग्रह पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *