रोटरी क्लव पूर्वी चितवनद्वारा राप्ती न.पा भण्डारा अस्पताललाई वाटर फिल्टर प्रदान
विगतदेखि भण्डारा हेल्थपाेस्ट सहयोग गर्ने काेमल मन भएका व्यक्तिको नाम प्रमातकुमार सेढाईं हो,शुरुमा वर्थीङ सेन्टर स्थापना हुँदा सुत्केरी बेडको अावश्यकता थियो वहाँले बेड प्रदान गर्नुभो,त्यसपछि प्रयोगशालाको खाँचो भयो,प्रयोगशाला स्थापना गर्न रु १०,०००/- चन्दा र व्यवस्थापनमा निकै ठूलो परिश्रम गर्नुभो ,प्रयोगशाला व्यवस्थापन समितिको संयोजक भै धेरै समय सेवा गर्नुभो,मंगलबार बिहान सुगर फास्टिङ चेक गराउन खट्ने ल्यावको कर्मचारीलाई रु१०००/- खाना खर्च केही महिना अाफ्नो व्यक्तिगत रकम उपलब्ध गराउनुभो ,हाल भण्डारा अस्पतालमा भएको व्यवस्थित प्रयोगशालाको जग वहाँहरुले नै लगाउनुभएको हो ,अाज मिति २०७९ अशोज ९ गते वहाँकै पहलमा रोटरी क्लव अफ पूर्वी चितवनको तर्फबाट भण्डारा अस्पताललाई अति अावश्यक परेको वाटर फिल्टर सहयोग स्वरुप प्रदान गर्नुभो ।
रोटरी क्लव अफ पूर्वी चितवनका चार्टर प्रेसिडेन्ट राममणि न्यौपाने सन २०२२/२३का अध्यक्ष प्रमातकुमार सेढाईं,सचिव विनोद नेपाल लगायत रोटरियनहरुको उपस्थितिमा भण्डारा अस्पतालका इन्चार्ज वुद्धिवहादुर विश्वकर्मालाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो।