आफैलाई फर्केर हेर्दा
सृष्टिकर्ता ब्रह्माले देव र असुर दुबै उत्पन्न गराए तर जहिलेपनि देवहरुलाई मात्र काखि च्यापेको र धेरै माया गर्ने गरेको गुनासा लिएर असुरहरु ब्रह्मा कहाँ पुगे। जसकारण ब्राह्माले सम्पुर्ण असुरहरु र देवहरुको भेला बोलाए र बृहत् चौरासी थरिका परिकार टक्राए तर ती सबैलाई एउटा नियम लगाए त्यो के भने कसैको पनि हात बङ्गाउन नमिल्ने गरि सिधा को सिधा हुने मात्र बनाइदिए र भव्य भोज सुरु भएको सुनाईदिए। त्यो खाना देखेर देव र असुर दुबैजना खान आतुर थिए त्यसैले खानेकुरा माथि जाईलागे र मनपरेको कुरा हातले समाते तर ब्रह्माको शक्तिले कसैको पनि हात बङ्गाउन मिलेन अथवा हातले समातेको खानेकुरालाई आफ्नो मुख सम्म पुराउन सकेनन् । देवताहरु छलफलमा बसे र यसको समाधान खोज्ने उक्ति निकाल्न तिर लागे भने असुरहरु खानेकुरा खोसाखोस गर्नतिर मात्र लागिरहे।
देवताहरुले के निधो गरे भने हात बङ्गाउन नमिल्ने भएकोले आफ्नो हातले समातेको भोजन आफ्नो मुखमा पुराउन नमिले पनि अरुको मुखमा पुराउन सकिने भएकोले एकले अर्कालाई खुवाईदिन थाले र सबै देवताहरुले त्यो स्वादिष्ट भोजन ग्रहण गर्न समर्थ भए तर उता असुरहरु भने लुछाचुडि खोसाखास झैझगडा मै सिमित रहेकोले सबैजना भोकै रहन पर्यो।
त्यस्तै सबैभन्दा पहिले हामी को हौ भन्ने कुरा बुझ्नु पर्यो यदि हामी देवता हौ भने अरुलाई खुवाए बापत अरुले पनि हामिलाई खुवाउने छन र हामी सबै अगाउने छौ। तर यदि हामी असुर प्रवृत्ति का हौ भने यसरी नै लुछाचुडि खोसाखोस झैझगडा र रिसराग गरेर यो मौकाको सढपुयोग गर्नबाट बञ्चित हुने पक्का छ।
त्यसकारण नेपाली कांग्रेस भित्रको टिकट प्राप्त गर्ने लुछाचुडीमा एउटा नियम बनाउन जरुरी देखिएको छ त्यो के भने एक थरिले अर्को थरिकालाई टिकटमा सिफारिस गरौ जसकारण मेरो हैन हाम्रो हो भन्ने वातावरण विकसित हुनेछ र सबैजना एकताबद्ध हुनेछन।
र त्यसैगरि अहिले गठबन्धनको माहोल छ त्यसकारण आफ्नो हातले उनिहरुलाई खुवायौ भने बल्ल उनिहरुले पनि हामिहरुलाई खुवाउने छन।