प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यु बाट निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रम सम्पन्न

Spread the love

नेपाल प्रहरी संगठन प्रमुख श्रद्धय श्रीमान प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ज्यु बाट आज मिति २०७६।०६।०९ गते जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण एवं मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरु लाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा शान्ति सुरक्षा, मानव अधिकारमा सम्वेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागी आवश्यक तयारी गर्न निर्देशन दिनुभएको, सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य ज्युबाट धन्यवाद एवं बागमती प्रदेश कार्यालय मातहतले ३ महिनामा सम्पादन गरेका कृयाकलाप प्रस्तुत, तथा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले मायाको चिनो प्रदान गर्नु भएको सो कार्यक्रममा प्र.ब.उ. ज्युहरु, मकवानपुर जिल्ला प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *