जिल्ला प्रसासन कार्यलय गाेर्खा द्वारा विकाश निर्वाण लगायत बिबिध कामकाे निरिक्षण
गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले घ्याम्पेसाल देखि कटुसघारीसम्म १०.२ किलो मिटर तथा कटुसघारी देखि फिनामसम्म ५.२ किलोमिटर निर्माणधिन सडक (३ नं. र ४ नं. खण्ड) को अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त सडक खण्डको कालोपत्रेको कार्य सुस्त देखिएको छ । यहि गतिमा कार्य अघि बढेमा तोकिएको समयमा निर्माण तथा कालोपत्रेको कार्य सम्पन्न नहुने देखिएको छ ।
अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारीले दुवै पक्षलाई तोकिएको समयमा कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति र यन्त्र उपकरण बढाउन निर्देशन समेत दिनुभएको छ । साथै प्र जि अ सहितको टोलीले स्थानीय, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिक समाज सबैलाई काममा निगरानी वढाउन आग्रह समेत गरेको छ । उक्त टोलीमा सुरक्षा निकाय प्रमुख, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
सोही क्रममा उक्त टोलीले भिमसेनथापा गा.पा. अन्तर्गत बगुवा रिठेपानीमा भुकम्पको कारण जोखिममा परेका समुदायले आफ्नै लगानीमा तयार गरेको नयाँ वस्तिको समेत अवलोकन तथा निरिक्षण गरेका थियो ।